नेरी थापाद्वारा महिला रास्ट्रिय क्रिकेट इतिहासकै पहिलो शतक प्रहार

काठमाडौँ जारि रास्ट्रिय महिला क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक दिन रह्यो।

बिक्रम सम्बत २०६४ साल देखि सुरु भएको महिला रास्ट्रिय प्रतियोगिताको इतिहासमै पहिलो पटक नेपालगंज ( क्षेत्र न.५ ) कि नेरी थापाले क्षेत्र न.३ काठमाडौँ बिरुद्ध शतक प्रहार गरे पछि उनि नेपाली रास्ट्रिय महिला क्रिकेट इतिहासकै शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न पुगिन।

पहिलो पटक ४० ओभरको इनिंगमा खेलाईएको महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालगंज कप्तान नेरी थापाले टस जितिन र पहिले ब्याटिंग गर्ने निर्णय गरिन्। पहिलो ओभरको पाचौ बलमै नेपालगंजले लक्ष्मी चौधरीलाई पहिलो विकेटको रुपमा गुमाएपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएको बायाँ हाते नेरी थापाले पुरै ४० ओभर ब्याटिंग गर्दै अविजित १२१ रन प्रहार गरेपछि रास्ट्रिय क्रिकेटको सर्वाधिक रनको रेकर्ड आफ्नो नाममा पारिन।

१०९ बल सामना गरि शतक सम्म पुगेकि नेरीले त्यसपछि पनि ब्याटिंग जारि राखिन र कुल २१ चौका प्रहार गरि महिला रास्ट्रिय क्रिकेटको इतिहासकै एकै इनिंगमा सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी समेत बनिन्। अविजित १२१ रन बनाएकि नेरीले १२८ रन बनाएर अविजित पारि खेलिन्। नेरीले ५२ बलमा आफ्नो अर्धशतक पुरा गरेकी थिईन्। रास्ट्रिय प्रतियोगिता खेल्नु भन्दा अगाडी पनि उनले क्षेत्रीय छनौट प्रतियोगितामा शतक प्रहार गरेकि थिइन् भने हिजो बिरगंजसंगको खेलमा पनि अविजित ५२ रन प्रहार गरेकी थिइन्। नेरीको शतक मदतले नेपालगंजले महिला रास्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित हात पार्न सफल भयो।

शतक पछि क्रिकेटलोकलाई प्रतिक्रिया दिंदै नेरीले शतक प्रहार गर्दा निकै खुसि लागेको बताइन् “निकै खुसि लागेको छ , पहिलेनै शतकको लागि खेलेको थिइन खेल्दै जाँदा शतक बन्यो ”

खेलमा अम्पयारिंग गर्नु भएका सन्तोष मिश्रका अनुसार अन्त्य तिर निकै थकित देखिएकि नेरीले ३८ औ ओभरमा निकै पानि तिर्खा लागेको बताएकी थिइन् र त्यसैले अन्त्य तिर नन स्ट्राइकमै धेरै बस्न रुचाईन्। क्षेत्र न. ३ काठमाडौँका प्रशिक्षक कलाम अलिले नेरीको खेलको खुलेर तारिफ गरे “निकै राम्रो खेल खेलिन्, त्यति लामो समय क्रिजमा टिकेर त्यति रन बनाउनु निकै गार्हो कुरा हो।” मैदानमै खेल हेरिरहेकी महिला रास्ट्रिय क्रिकेट टिमकि पुर्बकप्तान तथा वर्तमान एपीएफकि खेलाडी निरा राजोपाध्यायले नेपाली महिला क्रिकेटकै लागि यो शतकले निकै महत्व राख्ने र खेलाडीको रुपमा आफुलाई पनि खुसि लागेको प्रतिक्रिया दिईन्।  “नेरीको शतकले अब हामीलाई पनि शतक हान्नु पर्ने दबाब बढेको छ। ” अघिल्लो खेलमा अर्धसतक प्रहार गरेको एपीएफकि खेलाडी सीता राना मगरले बताईन्।

यसभन्दा अघि रास्ट्रिय क्रिकेट सर्बाधिक रनको रेकर्ड भैरहवाकि खेलाडी मधु थापाको नाममा थियो। महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७ को बिरगंज बिरुद्धको खेलमा उनले मात्र ५९ बलको सामना गरि १५ चौका मदतले ९२ रन प्रहार गरेकि थिईन। नेपालगंजकै खेलाडी सीताराना मगरले त्यसै बर्ष रास्ट्रिय क्रिकेटमा पोखरा बिरुद्ध ६५ रनको इनिंग खेलेकी थिइन जुन अहिले सम्मकै तेश्रो सर्वाधिक हो।

नेरी थापाले सन् २०१० को यु-१९ एसीसी वुमेन्स क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा व्यक्तिगत सर्बाधिक ६६ रनको इनिंग खेलेकी थिइन् भने , जापान बिरुद्ध एसियन गेम्समा बनाएको २८ रन सिनियर अन्तरास्ट्रिय क्रिकेटमा उनको सर्बाधिक रन हो। पहिलो रास्ट्रिय प्रतियोगिता देखि नेपालगंज क्रिकेट टिमको कप्तानी गरेकी नेरी थापा नेपाली महिला रास्ट्रिय क्रिकेट टोलिकि पहिलो कप्तान हुन्। २०११ को एसीसी वुमेन्स च्याम्पियनशिप प्रतियोगितामा नेपालले नेरीकै कप्तानीमा खेलेको थियो। नेपाली महिला क्रिकेटकै सर्बाधिक सफल महिला क्रिकेटर नेरीले सन् २००७ मा एसियन क्रिकेट काउन्सिलको “उत्कृस्ट उदयमान एसियन खेलाडी” को अवार्ड हात परेकी थिइन्।  बिसं २०६७ मा नेरीले नेपाल खेलकुद पत्रकार महासंघ उत्कृस्ट युवा खेलाडी अवार्ड प्राप्त गरेकी थिइन्।

महिला रास्ट्रिय क्रिकेटमा सर्वाधिक रन :-

मधु थापा : ९२ ( ५९ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सीता राना मगर ६५ ( ५३ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सीता राना मगर ६३ ( ६४ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०७०
जानकी भट्ट : ५८* ( ४८ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६७
सोभा आले : ५६ * ( ६२ ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६९
रेखा रावल ५६ ( ५० ) , महिला रास्ट्रिय क्रिकेट प्रतियोगिता २०६९
रश्मि शर्मा : ५५* ( ६३ ) , पाचौ रास्ट्रिय खेलकुद , काठमाडौँ २०६५

( रेकर्ड – रमन सिवाकोटी )





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]