WTC FINAL : रिजर्भ डेमा नतिजाको आशा, जान्नुस आजको मौसम कस्तो हुनेछ

२०७८ असार ९, बुधबार १२:०५

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल पाँच दिनमा समाप्त हुन सकेन। यस पटक आईसीसीले पहिलो पाँच दिनको खेल अवरुद्ध भएको खण्डमा रिजर्भ डे पनि राखेको छ। रिजर्भ डेमा टेस्टको नतिजा आउने आशा सबैले गरेका छन्।

पहिलो पाँच दिन गुमेको ओभरहरुलाई परिपूर्ति गर्न आईसीसीले पहिलो पटक टेस्टमा रिजर्भ डेमा खेल खेलाउन लागेको हो। टेस्टको पहिलो र चौथो दिनको खेल वर्षाका कारण एक बल पनि नभई रद्द भएको थियो।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रन तथा न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनाएको थियो। पाँचौ दिन ब्याटिंग सुरु गरेको भारतले ६४ रन बनाउदा २ विकेट गुमाएको र ३२ रनको अग्रता हाँसिल गरेको छ। विस्तृतमा पढ्नुस 

टेस्ट बराबरीमा टुंगिएको अवस्थामा भारत र न्युजिल्यान्ड दुवैलाई संयुक्त विजेता घोषित गरिनेछ।

कस्तो होला मौसम 

मौसम पूर्वानुमान गर्ने वेबसाइट एक्युवेदर अनुसार बुधबारको मौसम राम्रो रहनेछ। दिनभर घाम लाग्नेछ र थोरै बांदलले ढाकिनेछ। टेस्टमा पहिलो पटक आज वर्षाको कुनै पनि सम्भावना रहेको छैन। दिउसो ४७ प्रतिशत आद्रता रहनेछ भने बेलुका बढेर ७४ प्रतिशत पुग्नेछ। अन्तिम सेसनमा बादल लाग्न सक्नेछ। अर्थात् आज पुरा दिनको खेलको मजा फ्यानहरुले लिन पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy