युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपालको सातवटै प्रदेशमा आयोजना हुने ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको टिम दर्ता खुला गरिएको छ ।
आगामी माघ ९ देखि १२ गतेसम्म आयोजना हुने प्रतियोगिता ई-प्लानेट एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा हुन लागेको हो। देशभरका कलेजलाई सहभाी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागीएको हो।
हाइपयती इभेन्ट्सले आयोजना गर्ने प्रतियोगितामा देशभरका ५७ वटा टोलिले प्रतिस्पर्धा गर्नेछन्। सातै प्रदेशमा छनोट प्रतियोगिताको आयोजना भएपछि विजेता टोलिहरु बीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिकाको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् ।
छनोट प्रतियोगिता आगामी पुस ३ गते हुने आयोजकले जनाएको छ । ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी कुल ८ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा टिम सहभागी हुन् दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको छ। टिम दर्ताको लागि गर्न हाइपयती इभेन्ट्सको फेसबुक पेजमा ( Facebook.com/Hypeyetievents ) अथवा फोन नम्बर 9860933750/9860818858 मा सम्पर्क गर्न सकिनेछ।
यो प्रतियोगिताले नेपालभरका हाईस्कूल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।