अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ।
आइतबार सम्पन्न फाइनलमा एक्स्पर्ट सगरमाथाले रोयल राईनोज क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो। पहिले ब्याटिंग गरेको रोयल राईनोजले प्रस्तुत गरेको १०० रनको लक्ष्य एक्स्पर्ट सगरमाथाले ५ विकेट गुमाएर १७ औं ओभरमा भेटाउदै पहिलो पटक उपाधि जितेको हो।

विजयी टिम एक्स्पर्ट सगरमाथाले विजेता ट्रफीसंगै २ हजार डलर तथा उपविजता रोयल राईनोजले १ हजार डलर प्राप्त गर्यो।
प्रतियोगितामा अस्ट्रेलियाको भिक्टोरियाको नेपाली समुदायका ११ क्लबले सहभागिता जनाएका थिए। प्रतियोगितामा रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा स्टार्स, एक्स्पर्ट सगरमाथा रेनेगेड्स, एक्स्पर्ट सगरमाथा टाइटन्स, गोर्खाली क्रिकेट क्लब, फार वेस्ट हन्टर क्रिकेट क्लब, मेभेन क्रिकेट क्लब, नार्रे किंग्स क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, द हिमालयन टाइटन्स, द हिमालयन जायनट्स क्रिकेट क्लबले सहभागीता जनाएका थिए।


https://www.youtube.com/watch?v=fmre9n4jbCM
