न्याभ कप अस्ट्रेलिया : उपाधिको लागि एक्सपर्ट सगरमाथा र रोयल राईनोज बीच प्रतिस्पर्धा

२०७७ फाल्गुन १५, शनिबार १२:५६

अस्ट्रेलियाको प्रतिष्ठित नेपाली क्रिकेट लिग १६ औं संस्करणको नेपाल एसोसिएसन अफ भिक्टोरिया ( एनएभी ) कप प्रतियोगिताको आइतबार हुने फाइनलमा रोयल राईनोज क्रिकेट क्लब र एक्स्पर्ट सगरमाथा स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

राईनोजले हिमालयन जायन्टस र एक्स्पर्ट सगरमाथाले नारेकिंग्स क्रिकेट क्लबलाई हराउदै फाइनल पुगेका हुन्।

https://www.facebook.com/sagarmathacc/posts/3778778708909135

एक्स्पर्ट सगरमाथाले सेमीफाइनलमा नारेकिंग्सलाई १० विकेटले पराजित गर्ने क्रममा  ११७ रनको लक्ष्य विकेट नगुमाई पुरा गरेको थियो।

यस्तै रोयल राईनोजले हिमालयनलाई ४ विकेटले पराजित गर्ने क्रममा १०२ रनको लक्ष्य ६ विकेट क्षेतीमा पुरा गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy