डिपीएल खेल्न आउने भए युएई कप्तान मोहम्मद नबिद

  • विकेटनेपाल, माघ-१६ , बुधबार 

रुस्लान धनगढी प्रिमियर लिग ( डिपिएल ) को टिम महेन्द्रनगर युनाइटेडले टिमको पहिलो विदेशी खेलाडीको रुपमा युएई राष्ट्रिय टिमको वर्तमान कप्तान मोहम्मद नबिदलाई अनुबन्ध गरेको छ।

माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसावकरले गर्दै छन्।

टिमले अर्को विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने टिम द्वारा जारि प्रेस बिज्ञप्तिमा बताईएको छ।

३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने विस्फोटक ब्याटिंग पनि गर्न सक्छन्। युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय नबिदले खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि-२० मा २३ विकेट लिएका छन्।

पोखरा प्रिमियर लिगमा पनि शरद भेसावकरकै टिम पोखरा पल्टन्समा रहेका नबिदले पोखरालाई उपाधी दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। प्रतियोगितामा नाविदले ५ खेलमा १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए भने कुल ७ विकेट लिएका थिए। पिपिएल अन्तर्गत फाइनलमा नावेदले पारस खड्काको चितवन राइनोज बिरुद्द ४ ओभर बलिंग गर्दै मात्र १८ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिंगतर्फ लड़खडाएको ब्याटिंगलाई सम्हाल्न २५ रनको पारि खेल्नेक्रममा १४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

Mohammad Naveed
Mohammad Naveed

यस्तै लिग चरणको अन्तिम खेलमा पोखरालाई सिधै फाइनल पुग्न थोरै ओभरमा जित्नु पर्ने अवस्थामा काठमाडौँ रोयल्स बिरुद्ध ५ छक्का मद्दतले १५ बलमा ३६ रन बनाएपछि नेट-रन रेटमा अघि रहँदै पोखरा फाइनल पुगेको थियो। उक्त खेलमा बलिङ्गमा पनि उनले २ विकेट ( ४-०-११-२ ) लिएका थिए।

यस्तै एभरेस्ट प्रिमियर लिगको गत सिजनमा शरद कप्तानीकै भैरहवा ग्ल्याडीएटर्सबाट खेल्दै नबिदले उत्कृस्ट बलिङ्ग गर्ने क्रममा ६ खेलमा १२ विकेट लिएका थिए। त्यस क्रममा उनले बिराटनगर वारियर्ससंग ४ विकेट लिएका थिए।

बिज्ञप्तिमा महेन्द्रनगर टिमका सह-मालिक निरज चन्दले नबिदको आगमनले टिम बलियो भएको बताउनु भएको छ “अनुभवी नबिदको आगमनले टिमलाई बलियो बनाउनेछ। उनि राम्रो ब्याटिंग पनि गर्न सक्छन्। उनको आगमनले हाम्रो युवा खेलाडीहरुले भरिएको टिममा अनुभवको सम्मिश्रण गर्नेछ। टिममा नबिद आबद्ध भए पछि टिमले अझ राम्रो गर्नेमा आशावादी भएका छौ”

महेन्द्रनगर युनाईटेड टिममा कप्तान शरद बाहेक रोहित पौडेल, आरिफ शेख, दिलिप नाथ, सिद्धान्त लोहनी जस्ता खेलाडीहरु छन्। गत सिजन डिपीएलमा महेन्द्रनगरको कप्तानी बिनोद भण्डारीले गरेका थिए र टिम दोश्रो क्वालिफायरमा काठमाडौँ गोल्डेन्ससंग पराजित भएको थियो।

महेन्द्रनगर युनाईटेड टिम :  शरद भेसावकर ( कप्तान ) , आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमर सिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर ) , मोहम्मद नबिद ( बिदेशी खेलाडी )





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]