गण्डकी प्रदेश स्तरिय क्रिकेटमा नवलपुरको जित

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ ।

टस जितेरव्याटिङ्ग गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट मन्जिल न्यौपानेले ३५, सनम बुढाथोकीले २३ तथा सन्देश बस्नेतले २० रनको पारी खेले ।तनहुँको बलिङ्गतर्फ राजु गुरुङ्ग, सुशिल गिरी र कुरुण सिरमलाले समान २–२ विकेट लिए । विनय भण्डारी र सचिन अधिकारीको हातमा १–१ विकेट परेको थियो ।

जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको तनुहँले सम्पूर्ण विकेट गुमाउनु अघि १ सय ३१ रन मात्रै जोडन सक्यो । तनहुँको ब्याटिङ्गमा समिर कँडेलले ६७ रनको महत्वपूर्ण पारि खेलेपनि उनलाई साथ दिने व्याट्स्म्यान नहुँदा पहिलो खेलमा जित निकालेको तनुहँले पराजय भोग्नुप¥यो । नवलपुरका विज्ञान गौतमले ३, राहुल सर्माले २ तथा विवेक दराई र कमल परियारले १–१ विकेट लिए ।

खेलमा महत्वपूर्ण ३ विकेट लिन सफल नवलपुरका विज्ञान गौतम म्यान अफ द म्याच भए । प्रतियोेगिता अन्तर्गत सोमबार स्याँग्जा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]