एनसीए टोली श्रीलंका जाँदै, सदस्य सचिव सिलवालद्वारा क्रिकेट विवाद समाधान गर्ने वाचा

नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ ।

एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १-१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ । सबै खेल ५० ओभरको हुने छ ।

खेलाडीमा उत्तम थापा मगर (कप्तान), अभिषेक कुँवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादव, इन्द्र देउवा, हरिश केसी, रोशन शाह, हिमाल न्यौपाने, रमेश बुढा, सुमित बुढाथोकी, इशान शेख र तनिश स्वप्निल रहेका छन्।

प्रशिक्षकमा भरतकुमार शाही तथा व्यवस्थापकमा सरस्वती शाही छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रममा सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए ।

‘क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको हो । संघ क्रिकेटलाई माथि उठाउन हो क्रिकेट सं घलाई माथि उठाउनका लागि होइन ।’ सदस्य–सचिव सिलवालले भने –  ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्नेतर्फ अग्रसर छु । सकिन भने आईसीसीमा गएर भएपनि निकासका लागि पहल गर्छु ।’





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]