एनकासा इन्टर फर्म क्रिकेट : केएएस ए युपीबि युथ, सुजन काफ्ले एण्ड एसोसिएट्स, शंकर एसोसिएट्स र अनिश एण्ड एसोसिएट्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन चारवटा खेलहरु सम्पन्न भएका छन्।

ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न भएका आजको खेलहरुमा केएएस ए युपीबि युथ, सुजन काफ्ले एण्ड एसोसिएट्स, शंकर एसोसिएट्स र अनिश एण्ड एसोसिएट्स विजयी भएका छन्।

आज सम्पन्न पहिलो खेलमा केएएस ए युपीबि युथ ( KASA UPB YOUTH ) ले केजे एण्ड एसोसिएट्स ( K.J. & ASSOCIATES ) लाई १६ रनले पराजित गर्यो। ८८ रनको लक्ष्य पाएको केजेले ७१ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित किरन केसीले २९ रन बनाए।

आजको दोश्रो खेलमा सुजन काफ्ले एण्ड एसोसिएट्सले ( SUJAN KAFLE & ASSOCIATES )  एनएआरएस एण्ड केएमयु ( NARS & KMU ) लाई २२ रनले पराजित गर्यो। ७४ रनको लक्ष्य पछ्याउने क्रममा एनएआरएसले ५१ रन मात्र बनायो। प्लेयर अफ द म्याच घोषित आशिष कर्णले ५ विकेट लिए।

आजको तेश्रो खेलमा शंकर एसोसिएट्सले ( SHANKAR ASSOCIATES ) एसपीएसएलाई ( SPSA ) ९ विकेटले पराजित गर्यो। ६९ रनको लक्ष्य शंकरले मात्र १ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित तपेन्द्र रिमालले ३२ रन बनाए।

आजको चौंथो खेलमा अनिश एण्ड एसोसिएट्सले एपीए एभेन्जर्सलाई ३० रनले पराजित गर्यो। ९२ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले ६१ रन बनायो। प्लेयर अफ द म्याच घोषित गणेश यादवले ३ विकेट लिए।

९ दिन सम्म चल्ने प्रतियोगितामा १३ टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]