सुब्रत एस एण्ड एसोसिएट्सलाई एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको उपाधि

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको उपाधि सुब्रत एस एण्ड एसोसिएट्सले जितेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन ( एनकासा ) ले आयोजना गरेको प्रतियोगिताको मंगलबार ल्याब स्कुल क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा सुब्रत एस एण्ड एसोसिएट्सले अनिश एण्ड एसोसिएट्सलाई ३ विकेटले पराजित गर्दै उपाधि पक्षमा पार्यो।

उपाधि सहित सुब्रत एस एण्ड एसोसिएट्सले एक लाख ४० हजार रुपैयाँ जितेको छ। उपविजेता अनिश एण्ड एसोसिएट्स ७० हजार रुपैयाँ पायो।

उपाधि जित्न ७३ रनको लक्ष्य पाएको सुब्रत एस एण्ड एसोसिएट्सले १८. ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो। उसको लागि चण्डेश्वर चौधरीले सर्वाधिक १६ तथा आश्रय बस्नेतले १३ रन बनाए।

अनिश एण्ड एसोसिएट्सको बलिंगमा गणेश यादवले ३ विकेट तथा प्रभाकर ठाकुरले २ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको अनिश एण्ड एसोसिएट्सले १५. ५ ओभरमा ७२ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि धर्मेन्द्र यादवले २७ तथा गणेश यादवले १७ रनको योगदान दिए।

सुब्रत एस एण्ड एसोसिएट्सको बलिंगमा प्लेयर अफ द फाइनल समेत घोषित भएका बिक्रम पाण्डेले ४ विकेट लिए भने देवेन्द्र चन्दले ३ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी सुब्रत एस एण्ड एसोसिएट्सका चण्डेश्वर चौधरी घोषित भए। यस्तै सुब्रत एस एण्ड एसोसिएट्सका आश्रय बस्नेत र बिष्णु कंडेल क्रमशः उत्कृस्ट ब्याटर र बलर घोषित भए।

९ दिनसम्म चलेको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]