सुब्रत एस एण्ड एसोसिएट्सलाई एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको उपाधि

२०८१ फाल्गुन १३, मंगलवार १९:४०

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको उपाधि सुब्रत एस एण्ड एसोसिएट्सले जितेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन ( एनकासा ) ले आयोजना गरेको प्रतियोगिताको मंगलबार ल्याब स्कुल क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा सुब्रत एस एण्ड एसोसिएट्सले अनिश एण्ड एसोसिएट्सलाई ३ विकेटले पराजित गर्दै उपाधि पक्षमा पार्यो।

उपाधि सहित सुब्रत एस एण्ड एसोसिएट्सले एक लाख ४० हजार रुपैयाँ जितेको छ। उपविजेता अनिश एण्ड एसोसिएट्स ७० हजार रुपैयाँ पायो।

उपाधि जित्न ७३ रनको लक्ष्य पाएको सुब्रत एस एण्ड एसोसिएट्सले १८. ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो। उसको लागि चण्डेश्वर चौधरीले सर्वाधिक १६ तथा आश्रय बस्नेतले १३ रन बनाए।

अनिश एण्ड एसोसिएट्सको बलिंगमा गणेश यादवले ३ विकेट तथा प्रभाकर ठाकुरले २ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको अनिश एण्ड एसोसिएट्सले १५. ५ ओभरमा ७२ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि धर्मेन्द्र यादवले २७ तथा गणेश यादवले १७ रनको योगदान दिए।

सुब्रत एस एण्ड एसोसिएट्सको बलिंगमा प्लेयर अफ द फाइनल समेत घोषित भएका बिक्रम पाण्डेले ४ विकेट लिए भने देवेन्द्र चन्दले ३ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी सुब्रत एस एण्ड एसोसिएट्सका चण्डेश्वर चौधरी घोषित भए। यस्तै सुब्रत एस एण्ड एसोसिएट्सका आश्रय बस्नेत र बिष्णु कंडेल क्रमशः उत्कृस्ट ब्याटर र बलर घोषित भए।

९ दिनसम्म चलेको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy