एनबीएसएम एसोसिएट्सलाई उपाधी : इन्टर फर्म टी-२०

  • विकेटनेपाल, १४ माघ-आइतबार 

सातौ एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जिएसएन/ एस. बगालेलाई ५६ रनले पराजित गर्दै एनबीएसएम एसोसिएट्सले जितेको छ ।

नेपाल चार्टर्ड अकाउंटेंट बिद्यार्थी संगठन एनकासाले आयोजना गरेको प्रतियोगिताको किर्तिपुर स्थित लैबोरेटरी स्कुलको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा पहिले ब्याटिंग गरेको एनबीएसएम एसोसिएट्सले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

उसका लागि चन्देश्वर चौधरीले महत्त्वपूर्ण ७८ रनको योगदान दिए ।

जवाफमा उत्रेको जिएसएन/ एस. बगालेले १०५ रनको स्कोरमा सबै विकेट गुमाएपछी एनबीएसएम एसोसिएट्सले उपाधी जितेको हो ।

जिएसएन/ एस. बगालेलाई सस्तैमा समेट्न एनबीएसएम एसोसिएट्सका लागि ब्याटिंगमा समेत चम्केका चन्देश्वर चौधरीले ५ विकेट लिएका थिए ।

फाइनल खेलको उत्कृस्ट खेलाडी ७८ रन बनाउदै ५ विकेट हात पारेका चन्देश्वर चौधरी घोषित भए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन डागि, उत्कृष्ट बलर सुरज दास, उत्कृष्ट ब्याटस्म्यान सुशील अधिकारी घोषित भए भने फेयर प्ले अवार्ड मिशल असोसिएट्सले पायो ।

समापन कार्यक्रममा एनकासाका अध्यक्ष ऋषि पोख्रेल, आइक्यानका अध्यक्ष सिए प्रकाश जङ्ग थापा, एक्यान का महासचिव सिए सन्तोष लम्साल एनकासा क्रीकेट सम्योजक रमेश पन्थी  लगायतले पुरस्कार बितरण गर्नुभयो।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]