एनकासा इन्टर फर्म क्रिकेट : एसपीएसए, पीएफके टिआर, शा र एपीए विजयी

ललितपुरमा जारि  एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’  अन्तर्गत दोश्रो दिनको खेलहरुमा एसपीएसए एसोसिएट्स, पीएफके टिआर उपाध्याय, शा एण्ड एसोसिएट्स र एपीए एभेन्जर्स विजयी भएका छन्।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा एसपीएसए एसोसिएट्सले देभ एसोसिएट्सलाई ५ विकेटले पराजित गर्यो। देभले दिएको ६९ रनको लक्ष्य एसपीएसएले ९.३ ओभरमा ५ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित दिवस सिलवालले २९ रन बनाए।

आजको दोश्रो खेलमा पीएफके टिआर उपाध्यायले एमजी एण्ड एमडी एसोसिएट्सलाई ६ विकेटले पराजित गर्यो। एमजी एण्ड एमडीले दिएको ६८ रनको लक्ष्य पीएफके टिआरले ४ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित मुकेश खातीले मात्र ८ रन खर्चेर २ विकेट लिए।

आजको तेश्रो खेलमा शा एण्ड एसोसिएट्सले क्कुबेर एन भट्टराईलाई ९ विकेटले पराजित गर्यो। कुबेरले दिएको ५६ रनको लक्ष्य शा एण्ड एसोसिएट्सले ५.१ ओभरमै १ विकेट गुमाएर भेटायो। मात्र ५ रन खर्चेर २ विकेट लिएका सरोज यादव प्लेयर अफ द म्याच घोषित भए।

आजको चौंथो तथा अन्तिम खेलमा एपीए एभेन्जर्सले केबि चित्रकारलाई ६२ रनले पराजित गर्यो। एपीए एभेन्जर्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको केबिले ४६ रन मात्र बनाउन सक्यो। ११ रन खर्चेर ४ विकेट लिएका मदन घिमिरे प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत बुधबार तेश्रो दिन पनि चारवटा खेल हुनेछन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गेरको प्रतियोगिता ९ दिन सम्म चल्नेछ।

प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy