एनकासा इन्टर फर्म क्रिकेट : एसपीएसए, पीएफके टिआर, शा र एपीए विजयी

ललितपुरमा जारि  एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’  अन्तर्गत दोश्रो दिनको खेलहरुमा एसपीएसए एसोसिएट्स, पीएफके टिआर उपाध्याय, शा एण्ड एसोसिएट्स र एपीए एभेन्जर्स विजयी भएका छन्।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा एसपीएसए एसोसिएट्सले देभ एसोसिएट्सलाई ५ विकेटले पराजित गर्यो। देभले दिएको ६९ रनको लक्ष्य एसपीएसएले ९.३ ओभरमा ५ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित दिवस सिलवालले २९ रन बनाए।

आजको दोश्रो खेलमा पीएफके टिआर उपाध्यायले एमजी एण्ड एमडी एसोसिएट्सलाई ६ विकेटले पराजित गर्यो। एमजी एण्ड एमडीले दिएको ६८ रनको लक्ष्य पीएफके टिआरले ४ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित मुकेश खातीले मात्र ८ रन खर्चेर २ विकेट लिए।

आजको तेश्रो खेलमा शा एण्ड एसोसिएट्सले क्कुबेर एन भट्टराईलाई ९ विकेटले पराजित गर्यो। कुबेरले दिएको ५६ रनको लक्ष्य शा एण्ड एसोसिएट्सले ५.१ ओभरमै १ विकेट गुमाएर भेटायो। मात्र ५ रन खर्चेर २ विकेट लिएका सरोज यादव प्लेयर अफ द म्याच घोषित भए।

आजको चौंथो तथा अन्तिम खेलमा एपीए एभेन्जर्सले केबि चित्रकारलाई ६२ रनले पराजित गर्यो। एपीए एभेन्जर्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको केबिले ४६ रन मात्र बनाउन सक्यो। ११ रन खर्चेर ४ विकेट लिएका मदन घिमिरे प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत बुधबार तेश्रो दिन पनि चारवटा खेल हुनेछन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गेरको प्रतियोगिता ९ दिन सम्म चल्नेछ।

प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]