एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्।

ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न भएका आजको खेलहरुमा सुब्रत एस एण्ड एसोसिएट्स, केबिएसआर, अनिश एण्ड एसोसिएट्स र एपीए एभेन्जर्स विजयी भएका छन्।

आजको पहिलो खेलमा सुब्रत एस एण्ड एसोसिएट्सले एसपीएसए एसोसिएट्सलाई १० विकेटले पराजित गर्यो। ४१ रनको लक्ष्य सुब्रत एसले विकेट नगुमाई पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित बिष्णु कंडेलएल ३ विकेट लिए।

आजको दोश्रो खेलमा केबिएसआरले शंकर एण्ड एसोसिएट्सलाई ९ विकेटले पराजित गर्यो जुन क्रममा ४३ रनको लक्ष्य १ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित सागर राइले २ विकेट लिए।

आजको तेश्रो खेलमा अनिश एण्ड एसोसिएट्सले एचबिएलाई १० रनले पराजित गर्यो। ६६ रनको लक्ष्य पछ्याएको एचबिएले ५५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित रुपेश यादवले ३ विकेट लिए।

आजको चौंथो खेलमा एपीए एभेन्जर्सले आयोजक टिमलाई ७ विकेटले पराजित गर्यो। ६५ रनको लक्ष्य पाएको एभन्जर्सले ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित बिराज ज्ञवालीले अविजित २२ रन बनाए।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगलबार पनि चारवटा खेल हुनेछन्।

९ दिन सम्म चल्ने प्रतियोगितामा १३ टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]