चन्देश्वरको इनिंगले एनबिएसएमको बिशाल जित – चौथो दिन : एनकासा इन्टर फर्म टी-२०

किर्तिपुर स्थित ल्याबरेटरि स्कुल मैदानमा जारि सातौं एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको चौथो दिन ३ खेल सम्पन्न भएका छन्।

पहिलो खेल 

वर्षाले प्रभावित भएपछि ५/५ ओभरमा झारिएको पहिलो खेलमा मिशल एसोसिएट ले जोशी एन्ड भण्डारीलाई ९ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गरेको जोशी एण्ड भण्डारी सकोले दिएको २६ रनको लक्ष मिशलले २.४ ओभरमा पुरा गरेको थियो। लक्ष पछ्याउने क्रममा मिशलको लागि सुब्रत सापकोटाले १५ रन बनाए जो खेलको म्यान अफ द म्याच चुनिए।

दोश्रो खेल 

दोश्रो खेलमा एनबिएसएमले एएनएस/ एजी/ एसबीलाई ८५ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै एनबिएसएमले निर्धारित १५ ओभरमा १६४/२ को योगफल खडा गरेको थियो जसको लागि म्यान अफ द म्याच चुनिएका चन्देश्वर चौधरीले अविजित ५८ तथा सुशील अधिकारीले ५५ रन बनाएका थिए।

लक्ष पच्याउदा एएनएस/ एजी/ एसबीले ७९ रन मात्रै बनाउन सकेको थियो। एनबिएसएमअ बलर बिनय अधिकारीले ४ तथा सुरज दास ३ विकेट हात पारे।

Tr Upadhyay vs PRSH/N Poudel/N Lamichhane

Posted by Nepal Chartered Accountant Students' Association (NCASA) on Wednesday, 24 January 2018

तेश्रो खेल 

वर्षाले प्रभावित तेश्रो खेलमा पी आर एस याच/ यान पौडेल/ यान लामिछाने ले टी आर उपाध्यायलाई ६३ रनले पराजित गर्यो।

१० ओभरमा घटाइएको खेमा लामिछाने टिमले निर्धारित ओभरमा १०९/५ को योगफल तयार गरेको थियो। म्यान अफ द म्याच चुनिएका सुबाश पौडेलले ३९ तथा बिशाल घिमिरेले २४ रन योगदान दिए।जवाफमा ब्याटिंग गरेको टी आर उपाध्याय टिमले ४६ रनमै सबै विकेट गुमाउन पुग्यो। ४६ रनमै टी आर उपाध्यायलाई समेट्न आशिक आचार्यले २ विकेट हात पारे।

 

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]