ईन्टर फर्म टी-२० क्रिकेटको तयारी पुरा

२०७४ माघ ४, बिहीबार २१:४७

  • विकेटनेपाल, माघ ४ – बिहिबार

यहि माघ ७ देखि १३ गतेसम्म आयोजना हुन लागेको सातौँ एनकासा ईन्टर-फर्म टी-२० क्रिकेट प्रतियोगिताको तयारि पुरा भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेनटस बिद्यार्थी संगठन (एनाकासा) ले आयोजना गर्ने प्रतियोगिता ल्याबोरेटोरी स्कुल खेल मैदान, किर्तिपुरमा संचालन हुनेछ। प्रतियोगितामा जम्मा १७ टिमहरुको सहभागिता रहेको आज आयोजित प्रतियोगिता घोषणा कार्यक्रममा एनकासाका अध्यक्ष ऋषि पोख्रेलले जानकारी गराए ।

प्रतियोगिताबारे जानकारी दिन बिहिबार क्याप्टेन मिटिंगको आयोजना गरिएको थियो जसमा एनकासाका अध्यक्ष ऋषि पोख्रेल, प्रतियोगिताका संयोजक रमेश पन्थी, अम्पायर रबिन्द्र गुप्ता लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा 7th NCASA Interfirm T20 Cricket 2074 का नियमहरुको बारेमा सबै टिमका क्याप्टेनहरुलाई अवगत गराइएको थियो साथै प्रतियोगिताको अन्तिम टाईसिट, साथै बिजेता ट्रफी पनि अनावरण गरिएको थियो।

 

       टाईसिट

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy