एनकासा इन्टर फर्म क्रिकेटको सेमीफाइनल समीकरण पुरा

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ।

किर्तिपुर स्थित ल्याब क्रिकेट मैदानमा जारि प्रतियोगिताको शनिवार सम्पूर्ण लिग चरणका खेलहरु समाप्त भएका हुन्।

सहभागी १३ वटा टिम मध्ये समुह ‘ए’ बाट अनिश एण्ड एसोसिएट्स ( ANISH & ASSOCIATES ) , समुह ‘बि’ बाट सुब्रत एस एण्ड एसोसिएट्स ( SUBRAT S. & ASSOCIATES ) समुह ‘सी’ बाट केएएसए एण्ड युपीबि ( KASA UPB YOUTHS ) र केजे एसोसिएट्स ( KJ & ASSOCIATES) सेमीफाइनल प्रवेश गरेका हुन्।

पहिलो सेमीफाइनलमामा आइतबार अनिश एण्ड एसोसिएट्स र केएएसए एण्ड युपीबि प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोश्रो सेमीफाइनलमा सोमबार सुब्रत एस एण्ड एसोसिएट्स र केजे एसोसिएट्स प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।

प्रतियोगिता अन्तर्गत शनिवार समुह चरणको अन्तिम ४ खेल सम्पन्न भए जसमा सुब्रत एस एण्ड एसोसिएट्स, अनिश एण्ड एसोसिएट्स, केजे एण्ड एसोसिएट्स र एसएचए एण्ड एसोसिएट्सले जित दर्ता गरे।

पहिलो खेलमा सुब्रत एस एण्ड एसोसिएट्सले शंकर एसोसिएट्सलाई ६३ रनले पराजित गर्यो। १३७ रनको लक्ष्य पछ्याएको शंकर एसोसिएट्सले ७३ रन मात्र बनाउन सक्यो। जितमा योगदान दिने क्रममा प्लेयर अफ द म्याच घोषित आश्रय बस्नेतले ४५ रन बनाए भने सुबाश यादवले ३९ रन बनाए भने बलिंगतर्फ बिष्णु कंडेलले ३ विकेट लिए।

आजको दोश्रो खेलमा अनिश एण्ड एसोसिएट्सले आयोजक टिमलाई ३३ रनले पराजित गर्यो। ९६ रनको लक्ष्य पछ्याउने क्रममा आयोजक टिमले ६२ रन मात्र बनायो। प्लेयर अफ द म्याच घोषित रुपेश यादवले २५ रन बनाउनुको साथै ३ विकेट लिए।

आजको तेश्रो खेलमा केजे एण्ड एसोसिएट्सले सुजन काफ्ले एण्ड एसोसिएट्सलाई ८९ रनले पराजित गर्यो। ११७ रनको लक्ष्य पछ्याएको सुजन काफ्ले एण्ड एसोसिएट्सले २७ रन मात्र बनाउन सक्यो। जितमा प्लेयर अफ द म्याच घोषित जोनिस अधिकारीले ४५ तथा सुरज पाण्डेले २७ रन बनाए भने बलिंगतर्फ रोमिश रोय र आशुतोष यादवले समान ३ विकेट लिए।

आजको चौंथो खेलमा एसएचए एण्ड एसोसिएट्सले एनएआरएस एण्ड केएमयुलाई ५ रनले पराजित गर्यो। ७८ रनको लक्ष्य पछ्याएको एनएआरएस एण्ड केएमयुले ७२ रन बनायो। जितमा प्लेयर अफ द म्याच घोषित सरोज यादवले ४२ रन बनाए भने बलिंगतर्फ सन्दिप उपाध्याय र नमन झाले समान २ विकेट लिए।

९ दिन सम्म चल्ने प्रतियोगितामा १३ टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]