एनकासा इन्टर फर्म क्रिकेट : अनिश एण्ड एसोसिएट्स फाइनलमा

२०८१ फाल्गुन ११, आईतवार १६:२५

अनिश एण्ड एसोसिएट्स १२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

आइतबार ल्याब स्कुल क्रिकेट मैदना किर्तिपुरमा सम्पन्न पहिलो सेमीफाइनलमा कासा युपीबि युथ्स ( KASA UPB YOUTHS ) लाई ३ विकेटले पराजित गर्दै अनिश एण्ड एसोसिएट्सले फाइनलमा स्थान पक्का गरेको हो।

फाइनल प्रवेशको लागि ६५ रनको लक्ष्य पाएको अनिश एण्ड एसोसिएट्सले १०. २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि प्रभाकर ठाकुरले २१ तथा गणेश यादवले १६ रन बनाए। किशोर पुजाराले ५ विकेट लिएता पनि टिमलाई जिताउन सकेनन्।

यस अघि पहिले ब्याटिंग गरेको कासा युपीबि युथ्सले १८. १ ओभरमा ६४ रनमा सबै विकेट गुमायो। उसको लागि सौगात गौतमले १३ तथा किरन केसीले ११ रन बनाए। बलिंगतर्फ अनिश एण्ड एसोसिएट्सका महेन्द्र ठकुल्लाले ३ तथा फैजान आलमले २ विकेट लिए।

प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल सोमबार हुनेछ। सुब्रत एस एण्ड एसोसिएट्स र केजे एसोसिएट्स बीच विजेता टिमले मंगलबार हुने फाइनलमा अनिश एण्ड एसोसिएट्ससंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy