एनकासा इन्टर फर्म टी-२० : फाइनल समीकरण पुरा

  • विकेटनेपाल – १२ माघ, शुक्रवार

नेपाल चार्टर्ड एकाउन्टेन्ट बिद्यार्थी संगठन ‘एनकासा’द्वारा आयोजित एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ। फाइनल खेल शनिबार बिहान ९ बजे ल्याब स्कूल मैदान किर्तिपुरमा खेलिनेछ।

पहिलो सेमीफाइनल 

पहिलो सेमीफाइनल खेलमा मिशाल एसोसिएट्सलाई १६ रनले पराजित गर्दै जी यस यान/ यस बंगाले फाइनलमा प्रवेश गर्यो।

पहिले ब्याटिंग गर्दै जी यस यान/ यस बंगाले ले निर्धारित १५ ओभरमा १३९ रन जोडेको थियो। उसका लागि म्यान अफ दि म्याच राजन डाँगीले ६० रन तथा इनोज भण्डारीले ३० रनको इनिंग खेले। जवाफी ब्याटिंगमा उत्रिएको मिशाल एसोसिएट्सले १५ ओभरमा १२३ रन मात्र जोड्न सक्यो। मिशाल एसोसिएट्सका मिशाल सिंहले ३३ रन बनाएपनि टोलिलाई जित दिलाउन सकेनन्।

दोस्रो सेमिफाइनल 

प्रतियोगिताको दोस्रो सेमीफाइनलमा यान बी एस एमले पी आर एस याच/ यान पौडेल/ यान लमिच्छानेलाई १२२ रनले हराउंदै फाइनलमा जी यस यान/ यस बंगाले संगको भेट पक्का गरेको छ।

यान बी एस एमले दिएको १९१ रनको लक्ष्य लिएर मैदान उत्रिएको पी आर एस याच/ यान पौडेल/ यान लमिच्छाने मात्र ७८ रनमा समेटिन पुग्यो। उसका बिकास गिरिले २७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। यसअघि पहिले ब्याटिंग गरेको यान बी एस एमले म्यान अफ दि म्याच सुशील अधिकारिको ९८ रनको सहयोगमा निर्धारित २० ओभरमा १९० रन जोडेको थियो।

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]