नेपालमै पहिलो पटक महिला क्रिकेटको अक्सन : १० खेलाडीले पाए महँगो रकम

  • विकेटनेपाल – १७ चैत्र, आइतवार

एनसिएल वोमेन्स टि-२० लिग क्रिकेट प्रतियोगिताको खेलाडी अक्सन आइतवार राजधानीमा सपन्न भएको छ। अक्सनका लागि दर्ता भएका ८० महिला खेलाडी मध्ये ४ टोलीले कुल ५२ खेलाडी माथि बोलि लगाए।

दर्ता भएका ८० खेलाडीलाई ३ समुह ( ए, बि र सि ) मा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेको थियो।

ग्रेड ए मा रहेका खेलाडी मध्ये कुल १० खेलाडीले सर्वाधिक रु. ७५ हजार रुपैयाँको बोलि पाए।  सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावललाई भैरहवा क्विन्स, काजल श्रेष्ठ र अप्सरी बेगमलाई बिराटनगर रोअरिंग लायनेस, कबिता कुँवर र ज्योति पाण्डेलाई धनगढी वन्डर वोमन र सरिता मगर, ममता चौधरी र रोमा थापालाई काठमाडौं सुपर च्याम्पियन्सले ७५ हजार रुपैयाँको बोलि लगायो।

Ashmina Karmacharya
Ashmina Karmacharya

प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ। भैरहवा क्विन्स, बिराटनगर रोअरिंग लायनेस, धनगढी वन्डर वोमेन र काठमाडौं सुपर च्याम्पियन्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। भैरहवाको मार्की खेलाडीमा रुबिना क्षेत्रि, बिराटनगरको करुना भण्डारी, धनगढीको सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

अक्सनमा बिकेका सम्पूर्ण खेलाडीहरुको सुची : 

भैरहवा क्विन्स : रुबिना क्षेत्री ( मार्की खेलाडी ), सरस्वति चौधरी ( रु ४०,०००), नितु भण्डारी ( रु ४३,०००), सोनु खड्का ( रु ७५,०००), अलिशा केसी ( रु ४७,०००), इन्दु बर्मा ( रु ७५,०००), कबिता जोशी ( रु ५०,०००), रश्मि चौलागाईं ( रु ५०,०००), बिन्दु रावल ( रु ७५,०००), लक्ष्मी साउद ( रु १५,०००), ममता थापा ( रु. २५,०००), सन्तोषी कुमारी चौधरी ( रु १५,०००), शर्मिला रोक्का मगर ( रु. २५,०००), नविना खड्का ( रु. १५,०००)

Auctioneer Devendra Subedi
Auctioneer Devendra Subedi

बिराटनगर रोअरिंग लायनेस : करुना भण्डारी ( मार्की खेलाडी ), काजोल श्रेष्ठ ( रु. ७५,०००), अन्जली चन्द ( रु ५०,०००), कृतिका मरासैनी ( रु २५,०००), अनुराधा चौधरी ( रु ३५,०००), अश्मिना कर्माचार्य (रु. ३५,०००), संजु लामा ( रु १५,०००), सुष्मा श्रेष्ट ( रु १५,०००), अप्सरी बेगम ( रु ७५,०००), सरस्वति पुन ( रु ५०,०००), ऋतु कनोजिया ( रु ६५,०००), डोली भट्ट ( रु ४०,०००), प्यारी चौधरी ( रु २५,०००), राजमती ऐरी ( रु १५,०००)

धनगढी वन्डर वोमेन : सिता राना मगर ( मार्की खेलाडी ), रुबी पोद्दार ( रु २५,०००), कबिता कुँवर ( रु ७५,०००), मनिसा राना ( रु २५,०००), ज्योति पाण्डे ( रु ७५,०००), सबनम राई ( रु ७०,०००), संगीता राई ( रु ४०,०००), रेखा रावल ( रु ५०,०००), आरति बिंडारी ( रु ४०,०००), रोशनी बोहोरा ( रु २५,०००), कन्चन श्रेष्ठ ( २५,०००), निशा भट्ट ( रु १५,०००), अस्मिता खरेल ( रु २५,०००), सिमा कुवर ( रु १५,०००)

काठमाडौं सुपर च्याम्पियन्स : नेरी थापा ( मार्की खेलाडी ), सुमन खतिवडा ( रु ५०,०००), ममता चौधरी ( रु ७५,०००), इश्वरी बिष्ट ( रु १५,०००), रावती धामी ( रु ५०,०००), सरिता मगर ( रु ७५,०००), रोमा थापा ( रु ७५,०००), सुमन विस्ट ( रु ५०,०००), कृति सेन ( रु २५,०००), मंजु बोकटि ( रु ५०,०००), लक्ष्मी चौधरी ( रु ४०,०००), सिमा थापा ( रु १५,०००), गीता घोशाई ( रु २५,०००), शान्ति कुमारी चौधरी ( रु २५,००० )

सहभागी टोलीका मालिकहरु दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

Kathmandu Super Champions
Kathmandu Super Champions




थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]