अक्सनमा आधारित टि-२० क्रिकेट लिग आयोजना हुने

फ़्रेन्चाइज क्रिकेटमा आधारित रहने ‘वुमेन्स च्याम्पियन्स लिग’ क्रिकेटको घोषणा भएको एकदिन नबित्दै अर्को फ़्रेन्चाइज लिग एनसिएल वुमेन्स टि २० क्रिकेट लिग’ सुरु हुने घोषणा भएको छ।

हिजो बिहिबार मात्रै आउँदो चैत्र २२ गतेदेखि ९ दिनसम्म चल्ने ‘वुमेन्स च्याम्पियन्स लिग’ को घोषणा भएको थियो जसलाई पारस खड्का आबद्ध क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्दैछ।

काठमाण्डौमा आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो। आयोजक एनसिएल स्पोर्ट्स प्रा.लि. रहने प्रतियोगिता चैत्र १ देखि ९ गतेसम्म विराटनगरमा हुनेछ। प्रतियोगितामा ४ शहरका ४ टिमहरुको सहभागी रहनेछ।

बिराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा खेलाडीहरु लिलामी (अक्सन) बाट छनोट गरिने आयोजकले बताएको छ।

नेपाली पुरुष क्रिकेट टिमको अन्तर्राष्ट्रिय सफलतामा फ़्रेन्चाइज लिगहरुको महत्त्वपूर्ण योगदान रहेको र पछिल्लो समय महिला क्रिकेट टिमले समेत सफलता प्राप्त गरिरहेकोले यस प्रतियोगिताले महिला क्रिकेटको विकासका समेत ठुलो भूमिका खेल्ने विश्वास आयोजकको छ।

नेपाली महिला क्रिकेट टिम पछिल्लो महिना (जनवरी १२ देखि १८) मात्र थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टि२० स्म्यास प्रतियोगितामा उपविजेता बनेको थियो। सोहि प्रतियोगिता पछी नेपाल आइसीसी महिला टि२० बरियातामा समेत १६ औं स्थानमा अटाउन सफल भएको छ। अर्कोतर्फ फेब्रुअरी १८ तारिखदेखि महिला विश्वकप एसिया छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ।

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]