अक्सनमा आधारित टि-२० क्रिकेट लिग आयोजना हुने

फ़्रेन्चाइज क्रिकेटमा आधारित रहने ‘वुमेन्स च्याम्पियन्स लिग’ क्रिकेटको घोषणा भएको एकदिन नबित्दै अर्को फ़्रेन्चाइज लिग एनसिएल वुमेन्स टि २० क्रिकेट लिग’ सुरु हुने घोषणा भएको छ।

हिजो बिहिबार मात्रै आउँदो चैत्र २२ गतेदेखि ९ दिनसम्म चल्ने ‘वुमेन्स च्याम्पियन्स लिग’ को घोषणा भएको थियो जसलाई पारस खड्का आबद्ध क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्दैछ।

काठमाण्डौमा आयोजित एक पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो। आयोजक एनसिएल स्पोर्ट्स प्रा.लि. रहने प्रतियोगिता चैत्र १ देखि ९ गतेसम्म विराटनगरमा हुनेछ। प्रतियोगितामा ४ शहरका ४ टिमहरुको सहभागी रहनेछ।

बिराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा खेलाडीहरु लिलामी (अक्सन) बाट छनोट गरिने आयोजकले बताएको छ।

नेपाली पुरुष क्रिकेट टिमको अन्तर्राष्ट्रिय सफलतामा फ़्रेन्चाइज लिगहरुको महत्त्वपूर्ण योगदान रहेको र पछिल्लो समय महिला क्रिकेट टिमले समेत सफलता प्राप्त गरिरहेकोले यस प्रतियोगिताले महिला क्रिकेटको विकासका समेत ठुलो भूमिका खेल्ने विश्वास आयोजकको छ।

नेपाली महिला क्रिकेट टिम पछिल्लो महिना (जनवरी १२ देखि १८) मात्र थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टि२० स्म्यास प्रतियोगितामा उपविजेता बनेको थियो। सोहि प्रतियोगिता पछी नेपाल आइसीसी महिला टि२० बरियातामा समेत १६ औं स्थानमा अटाउन सफल भएको छ। अर्कोतर्फ फेब्रुअरी १८ तारिखदेखि महिला विश्वकप एसिया छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy