एनसीएल महिला टि–२० क्रिकेट बैशाख ७ बाट, रेखा थापा बनिन् टिम मालिक

  • विकेटनेपाल – ५ चैत्र, मंगलवार

एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टि–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ।

आगामी वैशाख ७ देखि १४ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उपविजेताले रु ५ लाख पुरस्कार पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

Nery Thapa, Sita Rana Magar, Karuna Bhandari, Rubina Chhetry ( From Left to Right )
Nery Thapa, Sita Rana Magar, Karuna Bhandari, Rubina Chhetry ( From Left to Right )

यस्तै प्रतियोगिताको चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ। भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

सहभागी टोलीका मालिकहरु दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

प्रतियोगिताको खेलाडी छनोट गर्न केहि दिनमा नै अक्सना संचालन गरिने समेत आयोजकले जानकारी दिएको छ।  प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपीवान् टेलिभिजनले गर्नेछ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]