एनसीएल महिला टि–२० क्रिकेट बैशाख ७ बाट, रेखा थापा बनिन् टिम मालिक

  • विकेटनेपाल – ५ चैत्र, मंगलवार

एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टि–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ।

आगामी वैशाख ७ देखि १४ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उपविजेताले रु ५ लाख पुरस्कार पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

Nery Thapa, Sita Rana Magar, Karuna Bhandari, Rubina Chhetry ( From Left to Right )
Nery Thapa, Sita Rana Magar, Karuna Bhandari, Rubina Chhetry ( From Left to Right )

यस्तै प्रतियोगिताको चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ। भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

सहभागी टोलीका मालिकहरु दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

प्रतियोगिताको खेलाडी छनोट गर्न केहि दिनमा नै अक्सना संचालन गरिने समेत आयोजकले जानकारी दिएको छ।  प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपीवान् टेलिभिजनले गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy