पहिलोपटक क्रिकेट अवार्ड हुने

  • विकेटनेपाल, फाल्गुन २ – विहीबार

क्रिकेट खेलाडी संघ नेपालको आयोजना तथा एनसिसीएस स्कुलको मुख्य प्रायोजनमा ‘एनसिसीएस – सिप्यान अवार्ड २०१९’ सुरुवात हुने भएको छ।

उक्त अवार्ड ५ विधामा प्रदान गरिने बुधबार काठमाण्डौमा आयोजित एकपत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

वि.स, २०७५ फाल्गुन २१ गते एक समारोह गर्दै क्रिकेटको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै अवार्ड वितरण गरिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी क्रिकेटरहरुको हकहीतको लागि स्थापना गरिएको सिप्यान विभिन्न समयमा खेलाडीहरुलाइ सहयोग गर्दै आइरहेको छ। यस संघका महासचिव नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्का छन् भने अध्यक्षमा पुर्व क्रिकेटर मनिष राज पाण्डे छन्।

अवार्ड निम्नलिखित बुँदामा प्रदान गरिनेछ:

क्र.स. अवार्ड विधाहरु पुरस्कार राशि (२५% कर सहित)
१. वर्ष क्रिकेट खेलाडी २०१८/१९ (पुरुष) १,३२,०००
२. वर्ष क्रिकेट खेलाडी २०१८/१९ (पुरुष) ६६,०००
३. वर्ष उदाउँदो क्रिकेट खेलाडी २०१८/१९ ६६,०००
४. वर्ष उत्कृस्ट क्षण २०१८/१९ ६६,०००
५. लाइफटाइम अचिभमेन्ट अवार्ड २०१८/१९ ६६,०००

अवार्डको लागि एक प्राविधिक टिम गठन गरिने र सोहि टिमको सिफारिसको आधारमा प्रदान गरिनेछ। उत्कृस्ट क्षणको लागि उत्कृस्ट बिधि अपनाएर सर्वेक्षण गरिने छ भने लाइफटाइम अचिभमेन्ट अवार्ड नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने पुरानो क्रिकेटरलाई प्रदान गरिनेछ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]