एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

२०८१ माघ ३०, बुधबार १०:१८

माघ २९

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न गर्दै नारायण अधिकारीको नेतृत्वमा नया कार्यसमिति गठन भएको छ ।

रुपन्देहीको तिलोत्तमा स्थित होटल एस आरमा भएको कार्यक्रममा एनसिएसएसले क्रिकेट प्रशिक्षक शाहिलाइ

१९९६ ऐतिहासिक पहिलो राष्ट्रिय क्रिकेट टिम देखि हाल सम्म ३५ बर्ष लामो समय क्रिकेट खेलाडी उत्पादन तथा क्रिकेट बिकासमा योगदान दिएको भन्दै नगद १० हजार सहित सम्मान गरेको छ ।

एनसिएसएसले गरेको सम्मान मा खुसी ब्यक्त गर्दै प्रशिक्षक शाहिले समर्थक हरुकै समर्थनले गर्दा आज रुपन्देही क्रीकेट खेलाडी उत्पादनको उर्वर भुमि भएको समर्थकको भुमिकामा नेपाली क्रीकेट समर्थक समाज रुपन्देही अब्बल रहदै आएको बताउनु भयो । यश अघि आफ्नो कार्यक्रम अन्तगर्त अघिल्लो बर्षहरुमा क्रिकेट कोच जङ बहादुर थापा र पुर्ब क्रिकेटर शक्ति गौचन लाई समान गरेको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष अच्युत पान्डे , सचिव मोहन ज्ञवाली , सह सचिव सागर पिएस सदस्य तारा पाठक तथा सस्थाका आजिवन तथा जिल्लाका सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा नारायण अधिकारिले स्वागत मन्तव्य ,अध्यक्ष माधब शर्माले अध्यक्षको प्रतिबेदन , जिल्लाको प्रगति बिवरण , कोषाध्यक्ष शिवराज गौतमले आर्थिक प्रतिवेदन तथा अध्यक्षले पेस गरेको सस्थाको आगामी नीति तथा कार्यक्रम,, अध्यक्ष र कोषाध्यक्ष ले प्रस्तुत गरेको सबै प्रतिबेदन हरु साधारण सभाले हु- बहु पारित गरेको छ ।

नारायण अधिकारी अध्यक्ष रहेको नया कार्यसमितिको उपाध्यक्षमा हरि गैरे , सचिवमा सागर पिएस , सह सचिव नमराज पान्डे , कोषाध्यक्षमा अमृत पान्डे ,सदस्यहरुका बिक्रम घिमिरे , रोशन ज्ञवाली ,राजेश पराजुली र निशा खराल रहेका छन । निर्वाचन समिती सम्योजक अच्युत पान्डेयले नब निर्वाचित सम्पूर्ण कार्यसमिति टिमलाइ पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy