भुतपूर्व राष्ट्रिय क्रिकेट, अम्पायर तथा रुपन्देही जिल्ला क्रिकेट संघका पूर्व पदाधिकारी समेत रहेका सुनिल ढुंगानाको गत पुषमा अकस्मात निधन पछि उनको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै नेपाली क्रिकेट समर्थक समाजले संचालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकम हस्तान्तरण गरेको छ ।
समर्थक समाजले स्व. ढुङ्गानाको परिवारलाई दुई लाख १२ हजार रुपैया आर्थिक सहयोग गरेको हो । पहिलो चरणमा उहाको धर्मपत्नी लक्ष्मी ढुङ्गाना र सुपुत्र सुलभ ढुङ्गानालाई रु १ लाख हस्तान्तरण गरिसकिएको थियो भने आज दोस्रो चरणमा बाकी रहेको रु १ लाख १२ हजार रुपैया केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरु उहाको निवासस्थान मै पुगि रकम हस्तान्तरण गर्नु भएको हो ।
स्व. ढुङ्गानाको धर्मपत्नी लक्ष्मी ढुङ्गानाले यस सहयोग अभियानमा देश तथा बिदेशमा रहेका आम समर्थक , क्रिकेट सङ आबद्द थुपै सरोकारबाला ब्यक्तित्वहरु जोडिएकोमा खुसी ब्यक्त गर्दै ती सम्पुर्ण सहयोगी मनहरु र नेपाली क्रिकेट समर्थक समाजलाई धन्यवाद ब्यक्त गर्नु भएको छ । रकम हस्तान्तरण गर्ने क्रममा सस्थाको तर्फबाट बोल्दै सहसचिब मोहन ज्ञवालीले क्रिकेट क्षेत्रमा लागेर सुनिल सरले धन नकमाए पनि थुप्रैको मन भने कमाउनु भएको हुदा अभियान सफल भएको बताउनु भएको छ । नेपाली क्रिकेट समर्थक समाजले आगामी दिनमा समेत क्रिकेटमै आफ्नो जीवन समर्पित गरेर अफ्ट्यारो पर्दा खेलाडी , पदाधिकारी लगायतलाई सक्दो सहयोग गर्न पछाडि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
रुपन्देहीको स्थानिय क्रिकेटमा महत्वपुर्ण योगदान पुर्याएका स्व. ढुंगानाको गत पुस ७ गते ६३ बर्षको उमेरमा घरैमा लडि टाउकोमा चोट लागेपछि अस्पताल पुर्याउने क्रमका निधन भएको थियो ।