कविता कुँवरलाई एनसीसीएसएस राष्ट्रिय सेवा सम्मान

२०७६ बैशाख २१, शनिबार २१:३३

Kabita Kunwar
  • विकेटनेपाल, बैशाख २१ , शनिवार 

नेपाली क्रिकेट समर्थकहरुको संस्था ‘नेपाली क्रिकेट समर्थक समाजले’ ‘स्व प्रमोद बज्राचार्य एनसीएसएस दोश्रो रास्ट्रीय सेवा सम्मान’ रास्ट्रीय महिला क्रिकेट टिमकी इमर्जिङ्ग खेलाडी कविता कुँवरलाई प्रदान गरेको छ।

आज काठमाडौँमा स्व. प्रमोद बज्राचार्यको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा संस्थाले कवितालाई २५ हजार रुपैयाँ सहित सम्मान गरको हो। अघिल्लो वर्ष राष्ट्रिय क्रिकेटर करन केसीले उक्त सम्मान पाएका थिए।

कुँवरले यसै वर्ष नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी थिईन्। दायाँ हाते तिब्र गति बलर कुँवरले यसै वर्ष फेब्रुवरीमा थाईल्याण्डमा सम्पन्न आईसीसी महिला टि -२० एसिया बिश्वकप छनौट प्रतियोगिताको ६ खेलमा ७ विकेट लिएकी थिईन्।

स्मृति सभा एवंम् सम्मान कार्यक्रम राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा नेपाली यु-१९ र नेपाली रास्ट्रीय महिला क्रिकेट टिमका प्रशिक्षक बिनोद दास, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुवेदी, नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष बिराज घिमिरे, समाजकै संस्थापक अध्यक्ष भानु सिग्देल तथा स्व प्रमोद बज्राचार्यको दिदी सन्जु बज्राचार्यको उपस्थिति रहेको थियो।

समर्थक समाजका तत्कालिन कोषाध्यक्ष प्रमोद बज्राचार्यको १ वर्ष अघि ब्रेन ह्याम्रेजका कारण युवा उमेरमै असामयिक निधन भएको थियो जसको सम्झनामा संस्थाले पुरस्कार उनलाई समर्पित गरेको हो।सम्मान कार्यक्रममा संस्थाको स्थापना देखि समर्थकहरु बिच प्रभावकारी भुमिका निर्वाह गर्ने सन्स्थापक सदस्य बिनोद नेपाललाइ ‘प्रसंशा पत्र’ प्रदान गरिएको थियो।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy