राष्ट्रिय टिमको अभ्यास सुरु हुँदै, विदेश भ्रमणको टुंगो लागेन

आगामी महिना स्पेनमा आयोजना स्कटल्याण्ड र नामिबियासंगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारी गर्न सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका प्रशिक्षक डेभ व्हाटमोरको आज कोभीड-१९ पीसीआर परिक्षण गरिएको छ।

प्रशिक्षक व्हाटमोरको पीसीआर परीक्षण नतिजा पछि नेपाली टिमले औपचारिक रुपमा आगामी सिरिजको लागि अभ्यास थाल्नेछ। परिक्षणको नतिजा आजै या शुक्रबार बिहानसम्म आईपुग्नेछ। व्हाटमोरले कोरोना बिरुद्धको दुवै खोप यस अघिनै लगाइसकेका छन्।

अनौपचारिक रुपमा भने नेपाली टिमले टियु क्रिकेट मैदानमा अभ्यास थालीसकेको छ। खेलाडीहरु टियु क्रिकेट मैदानमा समुह बनाएरै अभ्यास गरिरहेका छन्। वर्षाको कारण मैदानमा अभ्यास गर्न भने टिमलाई समस्या भैरहेको छ। खेलाडीहरु टियु मैदान कीर्तिपुर स्थित इन्डोर हलमा अभ्यास तथा फिजियोसंग फिटनेस अभ्यास समेत गरिरहेका छन्।

एक-दुई दिनमा नेपाली टिमको घोषणा गरिनेछ जसपछि औपचारिक रुपमा अभ्यास सुरु हुने नेपाल क्रिकेट संघ श्रोतले विकेटनेपाललाई जानकारी गराएको छ। बन्द प्रशिक्षणको लागि २२ जना खेलाडीहरुको नाम घोषणा गरिने छ।

अतिरिक्त खेलाडी भ्रमणमा पठाउन सकिने

त्रिकोणात्मक सिरिजको लागि घोषणा गरिने प्रारम्भिक टिमबाट नेपालले १५ जनाको अन्तिम टिम घोषणा गरेर २/३ जना अतिरिक्त खेलाडी समेत भ्रमणमा लैजान सकिने क्यान श्रोतले बताएको छ। श्रोतका अनुसार प्रतिकुल अवस्थालाई मध्यनजर राखेर खेलाडीहरुको प्रतिस्थापन गर्न सहज होस् भन्नको लागि बैकल्पिक खेलाडी समेत लैजान पहल गरिएको हो। उक्त विषयमा छलफल भैरहेको र क्यानले आफ्नै खर्चमा भए पनि अतिरिक्त खेलाडी भ्रमणमा लैजान सक्नेछ।


विदेशमा अभ्यास भ्रमणको तयारी 

नेपालमा वर्षायाम सुरु भइसकेकोले आउटडोर अभ्यास गर्न समस्या भइरहेको छ। यस्तै महत्वपूर्ण प्रतियोगिताको अघि राम्रो टिमसंग अभ्यास खेल खेल्न समेत आवस्यक रहेको छ। तर कोरोनाका कारण क्यानले चाहेको देशमा अभ्यास भ्रमणको व्यवस्था गर्न भने कठिन भैरहेको छ।

अभ्यास भ्रमणको लागि नेपालले नेदरल्याण्ड जान त्यहाँको बोर्डसंग छलफल गरेको थियो। नेदरल्याण्ड बोर्ड आफ्नो टिम अभ्यास खेलको लागि उपलब्ध गर्न तयार भएता पनि १० दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने तथा भ्रमणको सम्पूर्ण खर्च नेपाललेनै व्यहोर्नुपर्ने हुनाले नेदरल्याण्ड भ्रमण प्रयास असफल भैसकेको बताईएको छ। बंगलादेश र कतार भ्रमण गर्ने बिकल्पमा क्यान काम गरिरहेको छ। कतार भ्रमण गर्न सहज भएता पनि गर्मि तथा कतारको टिम उच्च स्तरीय नहुँदा अभ्यास भ्रमण गर्नु उचीत नहुनाले अन्तिम निर्णय हुन सकेको छैन। बंगलादेश भ्रमण बारे पनि छलफल भएको तर त्यहाँ दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले समस्या रहेको छ। क्यानसंग अन्य देश नभए अन्तिम बिकल्पको रुपमा स्पेनमा हफ्ता-दश दिन अघि पुगेर अभ्यास गर्ने रहेको छ।

घोषणा भएन प्रतियोगिता मिति, नामिबियाको खेलाडीमा देखियो कोरोना

आगामी महिना जुलाई २० वा २२ तारिख देखि सुरु हुने बताईएको भएता पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अझै त्रिकोणात्मक सिरिजको मिति घोषणा गरेको छैन। आईसीसीले नेपाल, नामिबिया र स्कटल्याण्डलाई जुलाई २०/२२ को मिति दिएर तयारी गर्न समय दिएता पनि अझै पनि प्रतियोगिताको अधिकारिक मिति भने सार्वजनिक गरेको छैन।

कोरोना केसहरु बढेपछि नामिबियामा दुई दिन अघि दुई साताको लागि लकडाउन घोषित गरिएको छ जसकारण देश भित्र/बाहिर आवतजावत समेत बन्द गरिएको छ। नामिबियाको राष्ट्रिय टिममा रहेका क्रिकेटरमा समेत कोरोना पोजेटिभ पाइएको बताईएको छ। त्रिकोणात्मक सिरिज आयोजना हुन अझै एक महिना बढी समय बाँकी रहेकोले आईसीसी पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ। आईसीसीले यस्तै परिस्थितिलाई मध्यनजर राखेर निर्धारित मिति थोरै सार्ने सम्भावना पनि रहेको छ।

स्कटल्याण्डको घरेलु मैदानमा आयोजना हुनु पर्ने सिरिज स्कटल्याण्डले कोरोनाका कारण गर्न असमर्थता जनाएपछि स्पेनमा आयोजना हुन लागेको हो। स्पेनमा ताजा कोभीड-१९ रिपोर्ट भएको खण्डमा क्वारेन्टाइन बस्नु नपर्ने हुँदा आयोजना सहज भएको हो। स्पेनमा नवनिर्मित एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त डेजर्ट स्प्रिंग्स क्रिकेट ग्राउण्डमा खेलहरु आयोजना हुनेछ। डेजर्ट स्प्रिंग्स रिसोर्टमै मैदान तथा अभ्यासको राम्रो सुविधा उपलब्ध रहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]