नेदरल्याण्डसंग जिम्बाबे दोश्रो एकदिवसीयमा पनि पराजित

नेदरल्याण्ड टुर अन्तर्गत जिम्बाबे दोश्रो एकदिवसीयमा पनि पराजित हुन पुगेको छ। पहिलो एकदिवसीयमा ७ विकेट ( डीएलएस मेथड ) ले हारेको जिम्बाबे सिरिजको दोश्रो खेलमा पनि ३ विकेटले पराजित हुँदा २ एकदिवसीयको सिरिज २-० ले गुमाएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ६ विकेट गुमाएर २९० रनको योगफल तयार गरेको थियो। नेदरल्याण्डले ४९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नेदरल्याण्डको लागि ओपनर म्याक्स ओडोडले सर्वाधिक ५९ रन ( ८१ बलमा ३ चौका र १ छक्का ) बनाए। यस्तै रोल्फ भान डर मर्वेले ५७, तोबिस भिसेले ४१ रन बनाउदा स्कट एडवार्डले अविजित ४४ रन बनाउदै जितसम्म पुर्याए।

१६७ रनमा ६ विकेट गुमाएको नेदरल्याण्डको लागि सातौँ नम्बरमा ब्याटिंग गरेका एडवार्डले छैठौ विकेटको लागि भान डर मर्वेसंग ६२ रनको तथा सातौँ विकेटको लागि कप्तान पिटर सिलरसंग ५२ रनको साझेदारी गरेका थिए। सिलरले ३२ रन बनाए। एडवार्डले ४७ बलमा ३ चौका प्रहार गरे।

जिम्बाबे बलर सिङ विलियम्सले सर्वाधिक ४ विकेट ( ७-१-४३-४ ) लिए।

पहिले ब्याटिंग गर्ने क्रममा जिम्बाबेको लागि सिकन्दर राजाले अविजित ८५ रन बनाएका थिए। यस्तै क्रेग इर्भिनले ८४ रन बनाए। राजाले ६८ बलमा ५ चौका र ५ छक्का तथा इर्भिनले १०७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै ब्रेण्डन टेलरले ५१ रन बनाए।

नेदरल्याण्ड बलार फ्रेड क्लासेनले २ विकेट ( १०-०-५३-२ ) लिए। भिभियन किंगमा, ब्रेण्डन ग्लोभर, साकिब जुल्फिकर र पिटर सिलरले १/१ विकेट लिए।

एकदिवसीय सिरिज पछि अब जुन २३ र जुन २५ मा २ वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]