रोमान्चक खेलमा आयरल्याण्डलाई १ रनले पराजित गर्दै नेदरल्याण्डले विश्वकप सुपर लिगको डेब्यु खेलमा जित दर्ता गरेको छ। यस्तै तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा घरेलु टोलि नेदरल्याण्डले १-० को अग्रता हाँसिल गरेको छ।
सन् २००७ पछि एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्डले पहिलो पटक आयरल्याण्डलाई पराजित गरेको हो।
अटरेच स्थित स्पोर्ट्सपार्कमा सम्पन्न खेलमा नेदरल्याण्डले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १९४ रन बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको आयरल्याण्डले ११ रनको योगफलमा ३ विकेट गुमाउन पुग्यो। त्यसपछि ओपनर पल स्टरलिंगले एक किनार सम्हालेर ब्याटिंग गरे। तर पनि अर्को किनारमा विकेट जाने क्रम रोकिएन। जर्ज डकरेल ११ रन तथा लोर्कान टकर ८ रन बनाएर आउट हुँदा आयरल्याण्ड ६९/५ को अवस्थामा पुग्यो।

छैठौं विकेटको लागि स्टरलिंगले सिमि सिंहसंग ६६ रनको साझेदारी गरे। ३७ औं ओभरमा स्टरलिंगलाई भान डर गुग्टेनले क्याच आउट गराउदै नेदरल्याण्डलाई खेलमा फर्काए। स्टरलिंगले ११२ बलमा ८ चौका प्रहार गर्दै ६९ रन बनाए।
स्टरलिंगको विकेट पछि सिमि सिंहले आठौँ विकेटको लागि एन्डी म्याकब्रायनसंग ४३ रनको साझेदारी गरे। जित्न १८ रन आवस्यक रहंदा डच कप्तान पिटर सिलरले म्याकब्रायनलाई पेभेलियन फर्काए। सोहि ओभरमा खाता नखोल्दै सिलारले ब्यारी म्याकार्थीको पनि विकेट लिए।
३ ओभरमा जित्न १७ रन आवस्यक हुँदा लोगान भान बिकले ४८ औं ओभरमा बलिंग गर्दै मात्र २ रन खर्चिए जसपछि २ ओभरमा जित्न १५ रन आवस्यक रह्यो। ४९ औ नोभर बलिंग गरेका फ्रेड क्लासेनले मात्र ३ रन खर्चिए जसपछि अन्तिम ओभरमा जित्न १२ रन आवस्यक रहयो।
अन्तिम ओभरको पहिलो बलमा ४५ रन बनाएका सिमि सिंह रन आउट हुन पुगे। भान बिकले गरेको ओभरको तेश्रो बलमा जोशुवा लिटलले चौका प्रहार गरे जसपछि जित्न ३ बलमा ५ रन आवस्यक रह्यो। त्यसपछि बाँकी तिन वटा बलमा भान बिकले लगातार १ रन मात्र दिंदै नेदरल्याण्डलाई रोमान्चक जित दिलाए।
नेदरल्याण्डको बलिंगमा कप्तान पिटर सिलारले सर्वाधिक ३ विकेट ( ९-१-२७-३ ) लिए। लोगान भान बिकले २ विकेट ( १०-१-४४-२ ) लिए भने फ्रेड क्लासेन ( १०-०-२८-१ ) , ब्रान्डन ग्लोभर ( ९-१-४६-१ ) र टिम भान डर गुग्टेनले ( ९-३-२५-१ ) ले समान १ विकेट लिए।
नेदरल्याण्डको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर १९५ रन बनाएको थियो।
नेदरल्याण्डको लागि नवौं नम्बरमा ब्याटिंग गरेका भान डर गुग्टेनले सर्वाधिक ४९ रन बनाए। भान बिकले २९ रन, म्याक्स ओ डोड र सकिब जुल्फिकरले समान २३ रन, बास डी लिडेले २१ रन तथा स्टेफेन माइबर्गले २० रन बनाए।
एक समय ५३ रनमा ५ विकेट गुमाएको नेदरल्याण्डको लागि बास डी लिडे र सकिब जुल्फिकरले छैठौं विकेटको लागि ४९ रनको साझेदारी गरेका थिए। लिडे र जुल्फिकरको विकेटपछि गुग्टेनले आठौँ विकेटको लागि भान बिकसंग ७२ रनको साझेदारी गरेका थिए।
आयरल्याण्डको बलिंगमा क्रेग योंग ( १०-१-३४-३ ) र जोशुला लिटल ( ९-१-२४-३ ) ले समान ३ विकेट लिए भने एन्डी म्याकब्राइन ( ९-१-३१-१ ) र सिमि सिंह ( १०-३-२८-१ ) ले समान १ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जुन ४ तथा तेश्रो खेल जुन ७ तारिखमा खेलिनेछ।
धेरैले पढेको
https://wicketnepal.com/pura-sijan-ipl-nakhelne-wn21/
https://wicketnepal.com/bcci-lai-samay-sima-tokyo-icc-wn21/
https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/
https://wicketnepal.com/sl-vs-bng-3rd-odi-5-28-report-wn21/
