सागरको घातक बलिंगमा नेपालद्वारा दिल्ली सहजै पराजित

Sagar Dhakal

देब्रे हाते स्पिनर सागर ढकालले घातक बलिंग गर्दा भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघ ( डीडीसीए ) लाई ६ विकेटले सहजै पराजित गरेको छ। पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो।

अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा डीडीसीएले दिएको  १५९ रनको लक्ष्य नेपालले २८.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

नेपालको ब्याटिंगमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ५६ बलमा ५ चौका प्रहार गरे। ओपनर आसिफ शेखले ३० तथा अर्जुन साउदले २८ रन बनाए। कप्तान रोहित पौडेलले २४, आरिफ शेखले १५ तथा कुशल भुर्तेलले अविजित ११ रन बनाए।

ओपनर अर्जुन र आसिफले ४५ रनको ओपनिंग साझेदारी गरे। तेश्रो विकेटको लागि ज्ञानेन्द्र र रोहितले ५६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

दिल्लीको बलिंगमा सिद्धान्त शर्मा, पार्थ वधरा, ध्रुभ चौहान र रभी रोशनले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दिल्ली जिल्ला क्रिकेट संघले ( डीडीसीए ) ४०.५ ओभरमा १५८ रनमा सबै विकेट गुमायो।

डीडीसीएको लागि काभ्य गुप्ताले सर्वाधिक ३४ रन बनाए। सलिल मलहोत्राले ३१, भैभव शर्माले २६ तथा कनभ गम्भीरले २१ रन बनाए।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ५ ओभरमा १ मेडन ओभर गर्दै १२ रन खर्चिए। लेग स्पिनर कुशल भुर्तेलले २ तथा सोमपाल कामि, ललित राजबंशी र हरिशंकर शाह समान १ विकेट लिए।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]