ब्याटिंग नचल्दा युवा टिम पराजित : यु-१९ टिम अभ्यास भ्रमण श्रीलंका

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा हार बेहोरेको छ।

अभ्यास भ्रमण अन्तर्गत नेपाली युवा टिमले पहिलो खेलमा सिन्हालिज स्पोर्ट्स क्लबसंग ३ विकेटको हार बेहोरेको थियो भने दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो।

तेश्रो खेलमा टस जितेर नेपालले पहिले फिल्डिंग गरेपछि ब्याटिंग गरेको चिलाउले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली यु-१९ टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १३५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। चिलाउ ८९ रनले विजयी भयो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ १२ रन बनाएर तेश्रो ओभरमा आउट भए। दोश्रो विकेटको लागि अर्का ओपनर रित गौतम र आसिफ शेखले ५५ रनको साझेदारी गरे। अघिल्लो खेलमा अर्धशतक बनाएका रिट २५ रन बनाएर आउट भए जसपछि पनि आसिफले एक किनार सम्हालीरहे। तर अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो।

खराब लयमा रहेका कप्तान रोहित पौडेल मात्र २ रन बनाएर आउट भए। लगत्तै बलमा सन्दिप जोरा खाता नखोली आउट भए। त्यसपछि आसिफ शेखलाई भिम शार्कीले साथ दिए र पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गरे।

तर ३१ औं ओभरमा ४५ रन बनाएका आसिफ एलबिडब्लु आउट भए पछि भने नेपाल खेलमा फर्कन सकेन। हरि चौहान ४ रन, कुशल मल्ल ४  तथा भिम शार्की २६ र बनाएर आउट भए।

Aasif Sheikh

नेपालले ४०.३ ओभरमा १३५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। एक समय ७७/२ को अवस्थामा रहेको नेपाली युवा टिमले थप ५८ रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुग्यो।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा चिलाउले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालको बलिंगमा पवन सर्राफ र सुर्य तामांगले समान २/२ विकेट लिए। यस्तै कमल सिंह ऐरी, सागर ढकाल र राशिद खानको नाममा १/१ विकेट रह्यो।

पहिलो विकेटको रुपमा स्थानीय टिमका ओपनिंग ब्याट्सम्यानले ५० रनको तथा दोश्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। त्यसपछि भने नेपाली बलरले निरन्तर अन्तरालमा विकेट लिए भने रनमा कन्जुसी गरेका थिए।

नेपालले ३ वटा अभ्यास खेल खेलेपछि अब अभ्यास खेल खेल्ने तालिका रहेको छैन।

 

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]