ब्याटिंग नचल्दा युवा टिम पराजित : यु-१९ टिम अभ्यास भ्रमण श्रीलंका

२०७६ भाद्र १३, शुक्रबार १८:०१

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा हार बेहोरेको छ।

अभ्यास भ्रमण अन्तर्गत नेपाली युवा टिमले पहिलो खेलमा सिन्हालिज स्पोर्ट्स क्लबसंग ३ विकेटको हार बेहोरेको थियो भने दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो।

तेश्रो खेलमा टस जितेर नेपालले पहिले फिल्डिंग गरेपछि ब्याटिंग गरेको चिलाउले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली यु-१९ टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १३५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। चिलाउ ८९ रनले विजयी भयो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ १२ रन बनाएर तेश्रो ओभरमा आउट भए। दोश्रो विकेटको लागि अर्का ओपनर रित गौतम र आसिफ शेखले ५५ रनको साझेदारी गरे। अघिल्लो खेलमा अर्धशतक बनाएका रिट २५ रन बनाएर आउट भए जसपछि पनि आसिफले एक किनार सम्हालीरहे। तर अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो।

खराब लयमा रहेका कप्तान रोहित पौडेल मात्र २ रन बनाएर आउट भए। लगत्तै बलमा सन्दिप जोरा खाता नखोली आउट भए। त्यसपछि आसिफ शेखलाई भिम शार्कीले साथ दिए र पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गरे।

तर ३१ औं ओभरमा ४५ रन बनाएका आसिफ एलबिडब्लु आउट भए पछि भने नेपाल खेलमा फर्कन सकेन। हरि चौहान ४ रन, कुशल मल्ल ४  तथा भिम शार्की २६ र बनाएर आउट भए।

Aasif Sheikh

नेपालले ४०.३ ओभरमा १३५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। एक समय ७७/२ को अवस्थामा रहेको नेपाली युवा टिमले थप ५८ रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुग्यो।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा चिलाउले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालको बलिंगमा पवन सर्राफ र सुर्य तामांगले समान २/२ विकेट लिए। यस्तै कमल सिंह ऐरी, सागर ढकाल र राशिद खानको नाममा १/१ विकेट रह्यो।

पहिलो विकेटको रुपमा स्थानीय टिमका ओपनिंग ब्याट्सम्यानले ५० रनको तथा दोश्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। त्यसपछि भने नेपाली बलरले निरन्तर अन्तरालमा विकेट लिए भने रनमा कन्जुसी गरेका थिए।

नेपालले ३ वटा अभ्यास खेल खेलेपछि अब अभ्यास खेल खेल्ने तालिका रहेको छैन।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy