भारत ‘ए’ विरुद्ध नेपाली टिममा दुई परिवर्तन, प्रतिश र अर्जुन बाहिर

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भारत ‘ए’ संग प्रतिस्पर्धा गर्दैछ।

आर. प्रेमदासा स्टेडियम कोमोम्बोमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिंग रोजेका छन्।

खेलमा नेपालले अन्तिम एघारमा दुई वटा परिवर्तन गरेको छ। प्रतिश जिसी र अर्जुन साउदको स्थानमा माथिल्लो क्रमका ब्याट्सम्यान देव खनाल र तिब्र गति बलर किशोर महतोले मौका पाएका छन्।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ) , देव खनाल, भिम शार्की, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामि, ललित राजबंशी, किशोर महतो

भारतको अन्तिम एघार : साई सुदर्शन, अभिषेक शर्मा, निकिन जोस, यश धुल ( कप्तान ) , रियान पराग, निशान्त सिन्धु, ध्रुभ जुरेल, मानभ सुथर, हर्षित राना, नितिश कुमार रेड्डी, राजवर्धन हांगरगेकर

नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारतले आफ्नो पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो। आज जित दर्ता गर्न सके नेपालको सेमीफाइनल सम्भावना कायमै रहन्छ भने भारत विजयी भए उसको सेमीफाइनल सम्भावना बलियो हुनेछ। समुह ‘बि’ मा नेपाल सहित भारत ए, पाकिस्तान ए र युएई ए छन् जसमध्ये शिर्ष २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। समुह ‘ए’ मा श्रीलंका बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy