भारत ‘ए’ विरुद्ध नेपाली टिममा दुई परिवर्तन, प्रतिश र अर्जुन बाहिर

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भारत ‘ए’ संग प्रतिस्पर्धा गर्दैछ।

आर. प्रेमदासा स्टेडियम कोमोम्बोमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिंग रोजेका छन्।

खेलमा नेपालले अन्तिम एघारमा दुई वटा परिवर्तन गरेको छ। प्रतिश जिसी र अर्जुन साउदको स्थानमा माथिल्लो क्रमका ब्याट्सम्यान देव खनाल र तिब्र गति बलर किशोर महतोले मौका पाएका छन्।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ) , देव खनाल, भिम शार्की, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामि, ललित राजबंशी, किशोर महतो

भारतको अन्तिम एघार : साई सुदर्शन, अभिषेक शर्मा, निकिन जोस, यश धुल ( कप्तान ) , रियान पराग, निशान्त सिन्धु, ध्रुभ जुरेल, मानभ सुथर, हर्षित राना, नितिश कुमार रेड्डी, राजवर्धन हांगरगेकर

नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारतले आफ्नो पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो। आज जित दर्ता गर्न सके नेपालको सेमीफाइनल सम्भावना कायमै रहन्छ भने भारत विजयी भए उसको सेमीफाइनल सम्भावना बलियो हुनेछ। समुह ‘बि’ मा नेपाल सहित भारत ए, पाकिस्तान ए र युएई ए छन् जसमध्ये शिर्ष २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। समुह ‘ए’ मा श्रीलंका बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् ।

 





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]