करन चम्किंदा हंगकंग सहजै पराजित, नेपालको लगातार दोश्रो जित

नेपाल, युएई र हंगकंग बीच जारि त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

स्कोरकार्ड

आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो । यसअघि हिजो बुधवार भएको खेलमा नेपालले युएईलाई हराएको थियो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो।  नेपालको ब्याटिंगमा ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले अविजित २५ रन बनाउने क्रममा २० बलमा १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ५ बलमा २ छक्का मद्दतले अविजित १४ रन बनाए। कुशल भुर्तेल ८, कुशल मल्ल १ तथा सन्दिप जोरा ३ रन बनाएर आउट भए।

हंगकंगको बलिंगमा अफ स्पिनर एहसान खानले ३ विकेट लिए जुन क्रममा ४ ओभरको स्पेलमा मात्र १० रन खर्चिए। यासिम मुर्तजाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको हंगकंगले १९.३ ओभरमा ९४ रनमा सबै विकेट गुमायो।

यासिम मुर्तजाले ३६ तथा जिशान अलिले १७ रन बनाउनु बाहेक अन्य हंगकंग ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए। करन प्लेयर अफ द म्याच घोषित भए सोमपाल कामि र अविनाश बोहराले २/२ तथा कुशल मल्ल र मौसम ढकालले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा शनिवार हंगकंगसंग प्रतिस्पर्धा गर्नेछ।

अविनाशको ५० टि-२० अन्तर्राष्ट्रिय विकेट पुरा

अविनाश बोहराले खेलमा ५० टि-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट पुरा गरेका छन्। सन्दिप लामिछाने ( ८९ विकेट ) र करन केसी ( ६९ विकेट ) पछि उनि यो सफलता हाँसिल गर्ने तेश्रो नेपाली बलर बनेका छन्। ४१ खेलको ४० इनिंग्समा उनले ५१ विकेट लिएका छन्। चौथो सर्वाधिक विकेटकर्ता सोमपाल कामिले ४७ खेलमा ४४ विकेट लिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy