हंगकंगलाई पराजित गर्दै नेपाल फाइनलमा : एसीसी यु-१६ पूर्वी

  • विकेटनेपाल, बैशाख १४ , शनिवार 

थाईल्याण्डमा जारि एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा हंगकंगलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन हो र २०१७ मा सम्पन्न भएको अघिल्लो संसकरणमा सिंगापुरलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो।

प्रतियोगिताको फाइनल खेल भोलि आइतबार खेलिनेछ । फाइनलमा नेपालले दोश्रो सेमीफाइनलमा मलेसिया र सिंगापुर बीच खेलको विजेतासंग खेल्नेछ।

खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो।

नेपालको लागि बलिंगमा निखिल कुमार सिंहले सर्वाधिक ४ विकेट लिए। उनले ६.२ ओभरमा १६ रन खर्चिए। बिशाल कुमार पटेल ( ४-०-१७-२ ) र रमेश कुर्मी ( ७-२-१४-२ ) ले २/२ तथा तिलक राज भण्डारीले १ विकेट लिए।

हंगकंग ब्याट्सम्यान आरुष भागवतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। आरुषले ८३ बलमा ४ चौका प्रहार गरे।

सहज रहेन नेपालको जित 

८७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात नाजुक रह्यो। ओपनर दिपक बोहरा ११, सुवास ऐयर १०, अइस भट्टराई १७, बिशाल बिक्रम केसी ७ तथा प्रशान्त महत १ रन बनाएर आउट हुँदा पहिलो ५ विकेट नेपालले ५१ रनको योगफलमा गुमाउन पुग्यो।

त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रोहन दुधराज बिक र छैठौं नम्बरका निखिल कुमार सिंहले छैठौं विकेटको लागि साझेदारी गर्दै नेपाललाई विजय उन्मुख गराए। छैठौं विकेटको लागि १८ रनको साझेदारी गरेपछि रोहन दुधराज १४ रन बनाएर आउट भए।

त्यसपछि नेपालले थप विकेट गुमाएन र २१.४ ओभरमा नेपालले ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। निखिल कुमार सिंहले अविजित ४ तथा कृश कार्कीले अविजित १२ रन बनाएर नेपाललाई जितसम्म पुर्याए।

नेपालको जित मुस्किल बनाउन हंगकंग बलर ब्रिज नाराइनले ३ विकेट ( ६-०-२०-३ ) तथा अहान त्रिभेदीले २ विकेट ( ५-०-२२२ ) लिए।

फोटोमा हेर्नुस नेपालको जित 

Nepal U16 Cricket Team

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy