महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिइन् ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।





थप समाचार

यसरी पुग्नेछ नेपाल एसिया कपको सेमिफाइनलमा…

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा […]

नामिबियामाथी स्कटल्याण्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा […]

पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल […]

पाकिस्तानसँग पहिलो पटक टी-२० आई खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आईतबार आफ्नो दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको […]

नेपाली क्रिकेटमा अर्को ऐतिहासिक खड्का

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले १९९६ मा मलेसियामा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको थियो । २००७ […]

दीपेन्द्र तथा सन्दीपआबद्ध टिमका रिजवान र बाबरले ग्लोबल टी–२० नखेल्ने

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले क्यानडामा हुने ग्लोबल टी–२० का लागि शाहीन शाह अफ्रिदी, बाबर आजम र मोहम्मद […]