नेपालद्वारा केन्या ५ विकेटले पराजित, सिरिजमा अग्रता

पहिलो खेलमा घरेलु टोलि केन्यालाई ५ विकेटले पराजित गर्दै नेपालले केन्या भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

नैरोबी स्थित जिमखाना मैदानमा केन्याले दिएको १३१ रनको लक्ष नेपालले ५ विकेट गुमाएर १९.२ ओभरमा भेटायो।

हेर्नुस स्कोरकार्ड 

नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले सर्वाधिक ३३ रन बनाए। आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्लले २३ तथा आसिफ शेखले १९ रन बनाए। केन्याका बलर लुकास ओलुच र ब्रज पटेलले २/२ तथा नेमिया ओडीयाम्बोले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको केन्याले २० ओभरमा ८ विकेट क्षतिमा १३० रन बनाएको थियो।

केन्याको लागि इरफान करिमले सर्वाधिक ३४ तथा लुकास एनडाडसनले अविजित ३१ रन योगदान दिए। नेपालको बलिंगमा सोमपाल कामिले ३ विकेट लिंदा सन्दिप लामिछानेले २ तथा आदील आलम र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल शुक्रबार हुनेछ। खेल नेपाली समय ३:४५ बजे दिउँसो सुरु हुनेछ।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]