नेपालद्वारा केन्या ५ विकेटले पराजित, सिरिजमा अग्रता

पहिलो खेलमा घरेलु टोलि केन्यालाई ५ विकेटले पराजित गर्दै नेपालले केन्या भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

नैरोबी स्थित जिमखाना मैदानमा केन्याले दिएको १३१ रनको लक्ष नेपालले ५ विकेट गुमाएर १९.२ ओभरमा भेटायो।

हेर्नुस स्कोरकार्ड 

नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले सर्वाधिक ३३ रन बनाए। आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्लले २३ तथा आसिफ शेखले १९ रन बनाए। केन्याका बलर लुकास ओलुच र ब्रज पटेलले २/२ तथा नेमिया ओडीयाम्बोले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको केन्याले २० ओभरमा ८ विकेट क्षतिमा १३० रन बनाएको थियो।

केन्याको लागि इरफान करिमले सर्वाधिक ३४ तथा लुकास एनडाडसनले अविजित ३१ रन योगदान दिए। नेपालको बलिंगमा सोमपाल कामिले ३ विकेट लिंदा सन्दिप लामिछानेले २ तथा आदील आलम र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल शुक्रबार हुनेछ। खेल नेपाली समय ३:४५ बजे दिउँसो सुरु हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy