रोहित, दिपेन्द्र र सोमपाल चम्किंदा नेपालको सिरिज जित

प्रतिस्पर्धात्मक दोश्रो खेलमा घरेलु टोलि केन्यालाई १६ रनले पराजित गर्दै नेपालले तिन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको छ। पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

नैरोबी स्थित जिमखाना मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा २१४ रनमा सबै विकेट गुमायो।

स्कोरकार्ड हेर्नुस 

केन्याको लागि रकेप पटेलले सर्वाधिक ८२ रन बनाए। कोलिन्स ओबुयाले ३७ तथा नेल्सन ओढीयाम्बोले २८ रन बनाए। ३९ रनमा ४ विकेट गुमाएको अवस्थामा पटेल र ओबुयाले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। २८ औं ओभरमा पवन सर्राफले ओबुयाको विकेट लिएपछि नेपाल खेलमा फर्कियो। ३९ औं ओभरमा दिपेन्द्र ऐरीले राकेप पटेलको विकेट लिएपछि नेपाल खेलमा हावी भयो। दिपेन्द्र ऐरीले अन्तिम स्पेलमा ४ विकेट लिंदै जितमा अहम योगदान दिए।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र ऐरीले ४ विकेट लिए जुन क्रममा ५.३ ओभरमा १ मेडन ओभर गर्दै ४ विकेट लिए। सोमपाल कमैले ३ विकेट लिंदा करन केसी, पवन सर्राफ र आदील आलमले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो।

नेपालको लागि रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ९५ बलमा ७ चौका प्रहार गरे। देव खनालले ३७, सोमपाल कामिले २६ तथा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। अर्को किनारमा लगातार गुमेपनि चौंथो नम्बरमा ब्याटिंग गरेका रोहितले ४९ औं ओभरसम्म ब्याटिंग गरे।

केन्या बलर नेल्सन ओढीयाम्बो, जेम्स एनगोचे र विराज पटेलले २/२ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy