रोहित, दिपेन्द्र र सोमपाल चम्किंदा नेपालको सिरिज जित

Rohit Paudel

प्रतिस्पर्धात्मक दोश्रो खेलमा घरेलु टोलि केन्यालाई १६ रनले पराजित गर्दै नेपालले तिन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको छ। पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

नैरोबी स्थित जिमखाना मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा २१४ रनमा सबै विकेट गुमायो।

स्कोरकार्ड हेर्नुस 

केन्याको लागि रकेप पटेलले सर्वाधिक ८२ रन बनाए। कोलिन्स ओबुयाले ३७ तथा नेल्सन ओढीयाम्बोले २८ रन बनाए। ३९ रनमा ४ विकेट गुमाएको अवस्थामा पटेल र ओबुयाले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। २८ औं ओभरमा पवन सर्राफले ओबुयाको विकेट लिएपछि नेपाल खेलमा फर्कियो। ३९ औं ओभरमा दिपेन्द्र ऐरीले राकेप पटेलको विकेट लिएपछि नेपाल खेलमा हावी भयो। दिपेन्द्र ऐरीले अन्तिम स्पेलमा ४ विकेट लिंदै जितमा अहम योगदान दिए।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र ऐरीले ४ विकेट लिए जुन क्रममा ५.३ ओभरमा १ मेडन ओभर गर्दै ४ विकेट लिए। सोमपाल कमैले ३ विकेट लिंदा करन केसी, पवन सर्राफ र आदील आलमले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो।

नेपालको लागि रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ९५ बलमा ७ चौका प्रहार गरे। देव खनालले ३७, सोमपाल कामिले २६ तथा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। अर्को किनारमा लगातार गुमेपनि चौंथो नम्बरमा ब्याटिंग गरेका रोहितले ४९ औं ओभरसम्म ब्याटिंग गरे।

केन्या बलर नेल्सन ओढीयाम्बो, जेम्स एनगोचे र विराज पटेलले २/२ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]