कुवेत बिरुद्ध जितमा बने ७ ठुलो रेकर्ड, बसन्तले उछिने सोमपाललाई, ठुलो साझेदारी, छिटो जित

कुवेत बिरुद्ध गर या मरको स्थितिको खेल जित्दै नेपालले टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत दोश्रो जित दर्ता गर्यो। जितसंगै अब नेपालको टि-२० विश्वकप छनौट हुने सम्भावना बलियो भएको छ। भोलि आइतबार हुने खेलमा आयोजक सिंगापुरलाई पराजित गर्न सके नेपालले युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्नेछ। टस जितेर नेपालले बलिंग रोजेपछि ब्याटिंग गरेको कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले सहजै १५.५ ओभरमा पछ्यायो। आक्रामक इनिंग खेल्दै अर्धशतक बनाएका कप्तान पारस खड्का खेलको प्लेयर अफ द म्याच चुनिए।

नेपाल जित्दा बनेका ७ ठुलो रेकर्ड 

१. छिटो जित 

कुवेतले दिएको १४२ रनको लक्ष्य १५.५ ओभरमा अर्थात २५ बल बाँकी छदै पुरा गरेको नेपालको यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै छिटो जित हो। यस अघि नेपालले मलेसियालाई ९ बल बाँकी छदा २ हफ्ता अघि टि-२० सिरिजमा पराजित गरेको थियो।

२. पारसको ३ अर्धशतक 

कुवेतसंग अर्धशतक प्रहार गर्दै पारस टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ वटा अर्धशतक बनाउने एक मात्र नेपाली खेलाडी बनेका छन्। उनले सन् २०१५ मा नेदरल्याण्डसंग ५४, यसै वर्ष मलेसियासंग ८६ रन बनाएका थिए। पारस नेपालको लागि टि-२० अ. मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् जसले १९ खेलको १८ इनिंगमा ४९५ रन बनाएका छन्।

नेपालको लागि अर्धशतक बनाउने खेलाडीहरु – पारस खड्का ( ३ ) , सुबास खकुरेल ( १ ) , सन्दिप जोरा ( १ ) र बिनोद भण्डारी ( १ ) ज्ञानेन्द्र मल्ल ( १ ) 

Paras Khadka

यस्तै पारस खड्काले कुवेतसंग ३२ बलमा अर्धशतक पुरा गरे जुन तेश्रो छिटो अर्धशतक हो। ज्ञानेन्द्र मल्लले गत खेलमा मलेसियासंग २० बलमा तथा बिनोद भण्डारीले मलेसियासंगनै प्रतियोगिता अघि टि-२० सिरीजमा २५ बलमा अर्धशतक पुरा गरेका थिए। पारसले मलेसियासंग अविजित ८६ रन बनाउदा पनि ३२ बलमै अर्धशतक बनाएका थिए।

३. सर्वाधिक चौका 

पारसले ६८ रन बनाउने क्रममा ११ चौका र १ छक्का प्रहार गरेका थिए। टि-२० अ. को एकै खेलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको यो सर्वाधिक चौका हो। यस अघि पारसकै नाममा यो रेकर्ड रहेको थियो। मलेसियासंग ८६ रन बनाउने क्रममा पारसले ८ चौका र ५ छक्का प्रहार गरेका थिए। एकै खेलमा धेरै छक्का प्रहार गर्ने रेकर्ड पारस र बिनोद भण्डारीको नाममा रहेको छ। बिनोदले मलेसियासंग गत खेलमा अर्धशतक बनाउँदा ५ छक्का प्रहार गरेका थिए। पारसले हालसम्म कुल ५२ चौका र ११ छक्का प्रहार गरेका छन् जुन नेपाली खेलाडीको सर्वाधिक हो।

४. बसन्तले उछिने सोमपाललाई 

सोमपाल कामि र बसन्त रेग्मी बीच टि-२० अ. मा सर्वाधिक विकेट लिने बलर बन्ने दौड कायमै रहेको छ। सोमपालले मलेसियासंग यस अघि खेलमा ३ विकेट लिंदै बसन्तलाई उछिन्दै धेरै विकेट लिने बलर बनेका थिए। बसन्तले कुवेतसंग ३ विकेट लिंदै आफ्नो विकेट संख्या २५ पुर्याएका छन्। सोमपालले भने कुवेतसंग विकेट लिन सकेनन् र दोश्रो स्थानमा २३ विकेटको साथ रहेका छन्। बसन्तले १७ तथा सोमपालले २० खेल खेलेका छन्। तेश्रो धेरै विकेट लिने बलर करन केसी हुन् जसको १७ तथा चौथो धेरै सन्दिप लामिछानेको १६ विकेट रहेको छ।

५. सन्दिप बने एकै सिरिजमा धेरै विकेट लिने बलर 

कुवेतसंग ३ विकेट लिएसंगै सन्दिप लामिछाने अविनाश बोहराको रेकर्ड तोड्दै एकै सिरिज या प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली बलर बनेका छन्। सन्दिपले जारि प्रतियोगिताको ३ खेलमा कुल ७ विकेट लिईसकेका छन् जुन क्रममा पहिलो खेलमा कतारसंग ३ विकेट तथा दोश्रो खेलमा मलेसियासंग १ विकेट लिएका थिए। अविनाशले युएईसंगको ३ टि-२० को सिरिजमा कुल ६ विकेट लिंदै यो किर्तिमान आफ्नो नाम गरेका थिए। सन्दिपले १०.१४ औशत, ७.१० इकोनोमि र ८.५ को स्ट्राइक रेटले विकेट लिएका हुन्। जारि प्रतियोगितामा बसन्त रेग्मीले पनि ५ विकेट लिईसकेका छन्।

Avinash Bohara
अविनाश बोहराले युएईसंग सिरिजमा ६ विकेट लिएका थिए

६. दोश्रो विकेटको लागि साझेदारीको रेकर्ड 

सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सन् २०१४ टि-२० विश्वकपमा अफगानिस्तान बिरुद्ध दोश्रो विकेटको लागि ३२ रनको साझेदारी गरेका थिए। दुवैले नेदरल्याण्डसंग २०१५ मा पनि ३२ रनकै दोश्रो विकेटको साझेदारी गरेका थिए। सो रेकर्ड आज ४ वर्ष पछि बल्ल टुटेको हो। कुवेतसंग पारस र शरदले दोश्रो विकेटको लागि ७८ रन बनाए। ४४/१ को अवस्थामा ज्ञानेन्द्र मल्ल आउट भए पछि शरद र पारसले टिमको योगफल १२२ रन पुर्याएका थिए।

Sharad Vesawkar, Paras Khadka

नेपालको लागि कुनै पनि विकेटको सबैभन्दा ठुलो सझीदारी भने तोड्ने मौका पारस र शरदले गुमाए। पारस र शरदलेनै २०१४ टि-२० विश्वकपमा बंगालदेशसंग चौथो विकेटको लागि ८५ रनको साझेदारी गरेका थिए जुन कुनै पनि विकेटको लागि नेपालको ठुलो साझेदारी हो। यस्तै सोहि प्रतियोगितामा पारस र ज्ञानेन्द्र मल्लले तेश्रो विकेटको लागि हंगकंगसंग ८० रन बनाएका थिए जुन दोश्रो सर्वाधिक हो।

सर्वाधिक साझेदारी ( कुनै पनि विकेटको लागि ) 

८५ रन – चौथो विकेटको लागि ( पारस खड्का- शरद भेसावकर, बिरुद्ध बंगलादेश –  २०१४ टि-२० विश्वकप  )
८० रन – तेश्रो विकेट ( ज्ञानेन्द्र मल्ल- पारस खड्का, बिरुद्ध हंगकंग – २०१४ टि-२० विश्वकप )
७८ रन – दोश्रो विकेट ( पारस खड्का-शरद भेसावकर , बिरुद्ध कुवेत, टि-२० विश्वकप छनौट ए.फा. २०१९ )
७६ रन – चौथो विकेट ( सुबास खकुरेल – शरद भेसावकर , बिरुद्ध अफगानिस्तान , २०१४ टि-२० विश्वकप )
६६ रन – पहिलो विकेट ( प्रदिप ऐरी – ज्ञानेन्द्र मल्ल, बिरुद्ध मलेसिया, टि-२० विश्वकप छनौट ए.फा. २०१९ )

७. नेपालले पछ्याएको सर्वाधिक लक्ष्य 

कतारले दिएको १४२ रन पछ्याएको नेपाली टिमको यो टि-२० अन्तर्राष्ट्रियमा पुरा गरेको यो सर्वाधिक लक्ष्य हो। यस अघि सन् २०१५ मा नेदरल्याण्डले दिएको १४० रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर पछ्याएको थियो। यस्तै यसै महिना मलेसियासंगको टि-२० सिरिजमा १२९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गरेको थियो।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]