डिफेन्डिङ च्याम्पियन नेपालद्वारा म्यानमार सहजै पराजित : एसीसी यु-१६ इस्टर्न

  • विकेटनेपाल, बैशाख-७ , शनिवार 

थाईल्याण्डमा आज देखि सुरु भएको एसीसी अन्डर-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमा म्यानमारसंग प्रतिस्पर्धा गर्ने क्रममा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको नेपालले अब दोश्रो खेल २४ अप्रिलमा मलेसियासंग तथा तेश्रो खेल अप्रिल २५ मा थाईल्याण्डसंग खेल्नेछ। नेपालको समुहमा मलेसिया, थाईल्याण्ड र म्यानमार रहेका छन्। समुह चरणमा एक/अर्का बिरुद्ध १/१ खेलीसकेपछि समुहको उत्कृस्ट-२ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालको सहज जित 

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले ५८ रनमा सम्पूर्ण विकेट गुमाएपछि नेपालले ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर दिपक बोहरा ६ रन तथा तेश्रो नम्बरका सुवास ऐयर ११ रन बनाएर आउट भए। यस्तै कप्तान बिशाल बिक्रम केसी पनि ३ रन बनाएर आउट भए।

चौथो ओभरमा २५/३ पुगेको नेपालको योगफललाई चौथो विकेटको लागि प्रशान्त महत र अर्जुन कुमालले अविजित ३७ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याए। अर्जुनले १५ बलमा ४ चौका मदतले २६ रन तथा प्रशान्तले १५ बलमा १ चौका मदतले अविजित ९ रन बनाए।

म्यानमार बलर कुंग टेटले २ विकेट ( ४-०-२४-२ ) लिए।

Nepal U16 Vs Myanmar U16

बिशाल बिक्रमको उत्कृस्ट बलिंग, ५८ रनमा म्यानमार अल-आउट 

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको म्यानमारले पहिलो ओभर देखि विकेट गुमाउन सुरु गर्यो। पहिलो ओभरमै कप्तान बिशाल बिक्रम केसीले २ विकेट लिए।

२ ओभरमा १५/३ पुगेको म्यानमारको योगफललाई पाँचौ नम्बरमा ब्याटिंग गरेका कंग टेट क्याउले १९ रन बनाऊदै सम्हाले पनि अर्को किनारमा लगातार विकेट गुमी रह्यो। ओपनर क्रिस्टोफरले १ चौका र १ छक्का मदतले ११ रन बनाए पनि रमेश कुर्मीले उनको विकेट लिए।

१७ बलमा ३ चौका मदतले १९ रन बनाएका क्याउ पछि अन्य कुनै पनि म्यानमार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फलस्वरूप म्यानमारले १३.२ ओभरमा ५८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Bishal Bikram KC

म्यानमारलाई सानो योगफलमा समेट्न कप्तान बिशाल बिक्रम केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ५ ओभरमा २१ रन खर्चिए। यस्तै रमेश कुर्मी ( २-०-१५-१ ) र निखिल कुमार सिंह ( २.२-२-०-१ ) ले १/१ विकेट लिए। ४ जना म्यानमार ब्याट्सम्यान रन आउट हुन पुगे।

म्यानमारको विकेट पतन :- १/३ ( ०.५ ओभर ) , २/३ ( ०.६ ओभर ) , ३/१५ ( १.६ ओभर ) ,४/२९ ( ४.५ ओभर ) , ५/४० ( ६.२ ओभर ) , ६/४१ ( ७.१ ओभर ) , ७/४१ ( ७.३ ओभर ) ,८/४६ ( ८.६ ओभर ) . ९/५५ ( १०.२ ओभर ) ,१०/५८ ( १३.२ ओभर )

म्यानमारसंग नेपालको इतिहास :- 

प्रतियोगिताको २०१७ को संस्करणमा पनि नेपाल र म्यानमार प्रतिस्पर्धा गरेका थिए। त्यस बेला म्यानमार ३३७ रनले पराजित भएको थियो। त्यस बेला पहिले ब्याटिंग गरेको नेपालले ३५ ओभरमा ३५० रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा १३ रनमा सबै विकेट गुमाउन पुगेको थियो। खेलमा रित गौतमले १०६ रन बनाएका थिए ।

म्यानमार १० रनमा अल-आउट हुँदा 

सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई २ बलमै पराजित गर्दै दुर्लभ नतिजा हात पारेको थियो। उक्त खेलमा म्यानमारले पहिले ब्याटिंग गर्दै १२.१ ओभरमा १० रन मात्रै बनाएको थियो जुन लक्ष नेपालले २ बलमै भेटाएको थियो।

त्यस खेलमा नेपालको लागि मेहबुब आलम ७ विकेट तथा बिनोद दासले ३ विकेट हात पारेका थिए। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित मात्र ३ रन खर्चिएका थिए भने बिनोद दासले ६ ओभरमा २ मेडन ओभर सहित मात्र ४ रन खर्चिएका थिए। म्यानमारका ६ जना ब्याट्सम्यानहरुले खाता खोल्न सकेका थिएनन् भने ५ जना ब्याट्सम्यानले १ रनको स्कोर बनाएका थिए । नेपालले २ वाईड र ३ लेग बाईको रुपमा ५ रन अतिरिक्तको रुपमा दिएको थियो।

त्यसपछि पछिल्लो पटक गत वर्ष मलेसियामा आयोजित आईसीसी टि-२० बिश्वकप एसिया बि छनौट प्रतियोगितामा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको म्यानमारले १० ओभरमा २९ रनमा सबै विकेट गुमाएपछि ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो। सन्दीप लामिछानेले ४ ( २-०-३-४ ) तथा ललित राजबंशीले ३ ( ३-२-३-३ ) लिएपछि म्यानमार निरिह बनेको थियो।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]