कुशल र आसिफले कीर्तिमानी साझेदारी गर्दा नेपालको शानदार जित

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य नेपालले मात्र १ विकेट क्षेतीमा १५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात उत्कृस्ट रह्यो। कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात दिलाए। १३ औं ओभरमा अफस्पिनर जुलीएन डी मेबाट क्याच आउट हुनु अघि भुर्तेल र आसिफले ११६ रनको ओपनिंग साझेदारी गरे। भुर्तेलले टि-२० अन्तर्राष्ट्रिय डेब्युमा अर्धशतक बनाउने क्रममा ६२ रन बनाए जुन क्रममा ४६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

भुर्तेलको विकेट पछि आसिफ शेखले पनि अर्धशतक बनाए र अन्तिमसम्म ब्याटिंग गरे। ३६ बलमा अर्धशतक पुरा गरेका असिफले अविजित ५४ रन बनाए जुन क्रममा ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए।

आसिफ र कुशल बीच भएको ११६ रनको ओपनिंग साझेदारी नेपालको टि-२० क्रिकेट इतिहासकै सर्वाधिक ओपनिंग साझेदारी हो। यस अघि यो रेकर्ड पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो जसले २०१९ डिसेम्बरमा नेपालमा आयोजित साग खेलमा भुटान बिरुद्ध १०८ रनको ओपैंग साझेदारी गरेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो साझेदारी दोश्रो सर्वाधिक साझेदारी हो।

यस अघि टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १३६ रन बनाएको थियो।

नेदरल्याण्डको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा १० रन बनाएका ओपनर म्याक्स ओ’ डोडलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे। लगत्तै ओभरमा खाता नखोल्दै सोमपाल कामिले बेन कुपरलाई एलबिडब्लु आउट गरे।

तेश्रो विकेटको लागि ओपनर स्कट एड्वार्ड्स र बास डी लिडेले ६१ रनको साझेदारी गरे। १४ औं ओभरमा एड्वार्ड्सलाई शाहब आलमले क्याच आउट गराएर साझेदारी तोडे र पहिलो अन्तर्राष्ट्रिय विकेट समेत लिए। एड्वार्ड्सले ३२ बलमा २ चौका र १ छक्का मद्दतले ३० रन बनाए। ४१ रन बनाएका बास डी लिडेलाई १७ औं ओभरमा सन्दिप लामिछानेले क्याच आउट गरे। लिडेले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

पाँचौ विकेटको लागि कप्तान पिटर सिलार र एन्टोनियस स्टालले ३६ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई सम्मानजनक योगफलसम्म डोर्याए। सिलारले १७ बलमा २ चौका र १ चौका मद्दतले अविजित २२ रन बनाए भने स्टालले आक्रामक ब्याटिंग गर्दै मात्र ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २० रन बनाए।

अन्तिम ५ ओभरमा नेदरल्याण्डले मात्र १ विकेट गुमाएर ५८ रन बनायो।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। सोमपाल कामि ( ४-०-१४-१ ) र शाहब आलमले( ४-०-४५-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत आइतबार नेदरल्याण्ड र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। नेपालले आगामी खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ। सहभागी तिन वटा टिमले एकअर्का बिरुद्ध २/२ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिमले फाइनल खेल्नेछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/csk-win-wn21-vs-pk/

https://wicketnepal.com/pak-beat-sa-series-3-1/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]