अभ्यास खेलमा नेपालद्वारा ओमान पराजित

एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले ओमानालई पाँच विकेटले हरायो । जितको लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे जुन क्रममा अर्जुनले ६७, दीपेन्द्रले ५९ र रोहितले ५८ रन बनाए।

ज्ञानेन्द्र मल्लले १५, सन्दीप जोराले ११ र देब खनालले १० रन बनाए । बलिङमा ओमानका कप्तान जिशान मकसुदले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको थियो । ओमानका लागि सोएब खानले सतकीय पारी खेले । उनले एक सय १० रन बनाए । जतिन्दर सिंहले ४२, मोहम्मद नदिम खुशीले २४, कश्याप प्रजापतिले १६ र मोहम्मद नदीमले १० रन जोडे। नेपालका किशोर महतोले तीन विकेट लिए ।

प्रतिश जिसी र सूर्य तामाङले दुई दुई तथा श्याम ढकाल र मौसम ढकालले एक एक विकेट लिए । एसीसी प्रिमियर कप मंगलबार देखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगितामा मुलपानी र त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छ । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

एसीसीले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग हुनेछ ।

उक्त खेललाई एकदिवसीय मान्यता समेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १७ गते कीर्तिपुरमा हुनेछ ।

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]