नेपालद्वारा पिएनजी ४ विकेटले पराजित

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको यस सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले हरायो ।

जितका लागि पीएनजीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रन बनाए । आशिफ शेखले ४४, आरिफ शेखले ३८, कप्तान रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । बलिङमा पीएनजीका कप्तान असद भालाले तीन विकेट लिनुभयो । नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको थियो ।

Kushal Bhurtel
Kushal Bhurtel

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाए ।

बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिए । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिए । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गरेका हुन् ।

जितसँगै २९ खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको पीएनजी अन्तिम तथा सातौं स्थानमा छ । २८ खेलबाट २९ अंक बनाएको यूएई पाँचौं स्थानमा छ ।

नेपालले हालै घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिथ सिरिजको चारवटै खेल जितेको थियो । सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई विश्वकपमा स्थान बनाउन अब ६ खेल जित्नुपर्ने बाध्यता छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]