सन्दिपले घातक बलिंग गर्दा पपुवा न्युगिनी सहजै पराजित

आइसिसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे जसले अविजित रहँदै २१ बलमा ५३ रन बनाए। उनले ८ चौका र ३ छक्का प्रहार गरे।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३.३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल (मल्ल) संग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी (पीएनजी) ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो ।

पीएनजीको १० मध्ये ९ विकेट नेपाली स्पिनरले लिँदा सन्दीप एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै २५ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दिपको स्पेल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको हालसम्मकै चौंथो उत्कृस्ट स्पेल हो।

सन्दीपले लिग टू मा दोस्रो पटक ५ वा त्यो भन्दा बढी विकेट लिएका हुन् । यसअघि २०२० मा नेपालमै भएको लिग टू मा अमेरिकाविरुद्ध उनले ६ विकेट लिएका थिए ।

यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]