रोमान्चक खेलमा नेपालद्वारा पपुवा न्यु गिनी पराजित

पपुवा न्यु गिनीलाई पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले १९.२ ओभरमा १६८ रनमा सम्पूर्ण विकेट गुमायो।

हेर्नुस खेलको स्कोरकार्ड

लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले लगातार विकेट गुमायो। १०० रन बनाउदा उसले ७ विकेट गुमाउन पुग्यो। आठौँ विकेटको लागि नोर्मन भानुवाले चाड सोपरसंग अर्धशतकीय साझेदारी गरे।

जितको लागि अन्तिम ५ ओभरमा पपुवा न्यु गिनीलाई ४९ रन आवस्यक थियो। १६ औं ओभरमा करन केसीले एकै ओभरमा १९ रन खर्चिए। लगत्तै ओभरमा सोमपाल कामिले १३ रन खर्चिए। अविनाश बोहराले १८ औं ओभरमा ११ रन खर्चिएपछि जित्न २ ओभरमा २५ रन आवस्यक रह्यो। १९ औं ओभरमा करन केसीले पाँचौ र छैठौं बलमा अर्धशतक बनाएका भानुवा र लगत्तै बलमा सिमोन अटाईको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। अन्तिम ओभरको दोश्रो बलमा सन्दिप लामिछानेले अलि नेओलाई रन आउट गर्दा नेपालले खेल जित्यो।

नोर्मन भानुवाले २९ बलमा ५ चौका र ४ छक्का मद्दतले ५२ रन बनाएता पनि जित दिलाउन सकेनन्।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछाने ( ४-०-२२-३ ) र करन केसीले ( ४-०-४४-३ ) समान ३ विकेट , अविनाश बोहराले २ विकेट ( ४-०-२९-२ ) र सोमपाल कामिले १ विकेट (४-०-४२-१ ) लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १८३ रन बनाएको थियो।

नेपालको ब्याटिंगमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्का मद्दतले २४ तथा आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्का मद्दतले ३१ रन बनाए। कुशल भुर्तेलले २०, करन केसीले १४ तथा कुशल मल्लले ११ रन बनाए।

ओपनर कुशल भुर्तेल तेश्रो ओभरमा रन आउट भएपछि दोश्रो विकेटको लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरे। १२ औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप १०५/१ को अवस्थाबाट नेपाल १३४/६ को अवास्स्थामा पुग्यो। त्यसपछि आरिफ शेखले एक किनार सम्हाल्दै अन्तिम ओभरसम्म ब्याटिंग गरे।

पपुवा न्यु गिनीका बलर चार्ल्स अमिनी, अलि नेओ र चाड सोपरले समान २ विकेट तथा राइली हेकुरे, नोर्मन भानुवाले १/१ विकेट लिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]