सिंगापुर बिरुद्ध नेपालको विशाल जित : रोहितको कप्तानी इनिंग र पवनको अल-राउण्ड योगदान

  • विकेटनेपाल, चैत-२९ 

मलेसियामा आज देखि सुरु भएको आईसीसी एसिया अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ।

पहिले ब्याटिंग गर्दै नेपालले २८२ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ ओभरमा ६५ रनमै समेटिन पुग्यो र नेपालले २१७ रनको विशाल जित दर्ता गर्यो।

सिंगापुरसंगको जितसंगै नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ। नेपालले दोश्रो खेलमा भोलि शनिवार तुलनात्मक रुपमा बलियो टिम युएईसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।

नेपाल लगायत आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरी/फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनौट हुनेछ।

नेपाली स्पिनरको अघि सिंगापुर ब्याट्सम्यान फेल 

नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले सुरुवात देखि लगातार विकेट गुमाउन पुग्यो। नेपाली स्पिनरहरुको अगाडी सिंगापुरे ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन्।

पहिलो ४ विकेट २९ रनमै गुमाएपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका इशान सावनेले एक किनार सम्हाले तर उनलाई अन्य ब्याट्सम्यानहरुले साथ दिएनन्।

५४ बलमा ४ चौका र १ छक्का मदतले २८ रन बनाएका सावनेलाई सुर्य तामांगले ३० औं ओभरमा आउट गरे।त्यसपछि सिंगापुरले ३१ ओभरमा ६५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

२ जना बाहेक अन्य सिंगापुर ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् जसमध्ये ४ जना ब्याट्सम्यानले खाता समेत खोलेनन्।

Pawan sarraf Bowling
Pawan Sarraf bowling ( File Photo )

नेपालको बलिङ्गमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ६ ओभरमा ५ मेडन राख्दै मात्र ५ रन खर्चिए। सिंगापुर बिरुद्ध २०१७ मा पनि पवनले ६ विकेट लिएका थिए।

यस्तै देब्रे हाते स्पिनरद्वय कुशल मल्ल ( ८-३-१७-२ ) र सुर्य तामांग ( ७-२-१५-२ ) ले २/२ विकेट र तिब्र गति बलर राशिद खानले १ विकेट ( ३-१-७-१) लिए।

रोहितको उत्कृस्ट इनिंग

यस अघि टस हारेर सेलाङ्ग्लोर टर्फ मैदानमा पहिले ब्याटिंग गर्ने क्रममा नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रनको योगफल तयार गरेको थियो।

चौथो नम्बरमा ब्याटिंग गरेका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन योगदान दिएका थिए जुन क्रममा १०५ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।

Rohit Paudel
Rohit Paudel

यस्तै राशिद खानले ४८ ( ४७ बलमा ४ चौका र २ छक्का ), पवन सर्राफले ४७ ( ५३ बलमा ४ चौका र २ छक्का ), कमल ऐरिले ३१ रन ( १८ बलमा १ चौका र ३ छक्का ) , भिम शार्कीले २६ रन ( १९ बलमा ४ चौका र १ छक्का ) प्रहार गरे।

ओपनर रित गौतम १ रन तथा तेश्रो नम्बरमा आसिफ शेख ८ रनमा आउट भएपछि रोहितले तेश्रो विकेटको लागि ओपनर पवन सर्राफसंग ९० रनको साझेदारी गरेका थिए। त्यसै रोहितले भिम शार्कीसंग ३६ रनको, राशिद खानसंग ७७ रनको साझेदारी गरे।

Pawan Sarraf

सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए जुन क्रममा ८ ओभरमा ३७ रन खर्चिए। यस्तै राउल शर्मा ( ६-०-३६-२ ) र भिनित मेहता ( ५-०-३०-२ ) ले २/२ विकेट लिए। अतिरिक्तको रुपमा सिंगापुरले १६ रन खर्चियो।

( फोटो – रमन शिवाकोटी )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]