युएई बिरुद्ध नेपालको विशाल जित : यु-१९ एसिया कप

श्रीलंकामा जारि अन्डर-१९ एसिया कप अन्तर्गत तेश्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई विशाल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको छ। युएई र नेपाल दुवै श्रीलंका र बंगलादेशसंग पराजित हुँदै सेमीफाइनल पुग्न असफल रहीसकेको छ।

युएई बिरुद्धको खेल प्रतिष्ठाको लागि भए पनि युएईसंग नेपालले यसै वर्ष अप्रिलमा यु-१९ विश्वकप छनौटमा डी/एल मेथडमा १ रनको दुर्भाग्यपूर्ण हारको बदला लिन चाहन्थ्यो। एकतर्फी ढंगले युएईलाई पराजित गर्दै नेपालले आफुलाई अब्बल साबित गर्यो। विश्वकप छनौटको सोहि हारको कारण नेपाल यु-१९ विश्वकप छनौट हुन असफल भएको थियो।

प्रतिष्ठाको लागि खेलिएको खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।

Sagar Dhakal

युएईलाई सानो योगफलमा समेट्न नेपालको लागि देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट ( ७-२-२०-३ ) लिए। यस्तै रासिद खान ( ५.४-०-२६-२ ) , सुर्य तामांग ( ७-१-१८-२ ) , पवन सर्राफ ( ७-०-२६-२ ) ले समान २/२ विकेट लिए।

युएईको लागि अर्भिन्द रुध्रबेलले सर्वाधिक २८, अल्ल्शन शर्फुले २१ रन बनाए। सुरुवात देखि विकेट गुमाएको युएईले क्कुनै पनि बेला ठुलो साझेदारी बनाउन सकेन। एक समय ९९ रनमा ५ विकेट गुमाएको उसले बाँकी २६ रन जोड्दा बाँकी ५ विकेट गुमाउन पुग्यो।

नेपालको उत्कृस्ट ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउदै २८६ रन बनाएको थियो।

नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर रित गौतम पहिलो बलमै तथा पवन सर्राफ पनि चौथो ओभरमा आउट भए। दुवै ओपनरले खाता खोल्न सकेनन्। तेश्रो विकेटको लागि कप्तान रोहित पौडेल र आसिफ शेखले ७१ रनको साझेदारी गरे। १९ औं ओभरमा आसिफ ४५ रन ( ५४ बलमा ८ चौका ) बनाएर आउट भए।

आसिफको विकेट पछि रोहितले सन्दिप जोरासंग ८५ रनको साझेदारी गरे। रोहित ३३ औं ओभरमा ६७ रन बनाएर आउट भए जसले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। त्यसपछि लगातार विकेट गुमाउने क्रममा भिम शार्की १ रन बनाएर लगत्तै ओभरमा आउट भए। त्यसपछि अर्धशतक पुरा गर्न २ रनले चुक्दै सन्दिप जोरा पनि आउट भए। जोराले ५३ बलमा ६ चौका मदतले ४८ रन बनाए।

कुशल मल्ल पनि २१ बलमा १ चौका र २ छक्का बनाएर आउट हुँदा ४१ ओभरमा २०६/७ को अवस्थामा नेपालको इनिंग पुग्यो।

त्यस पछि तल्लो क्रममा रासिद खान र कमल सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २५० पार गराए। ८ ओभरमा रासिद र कमलले ७० रनको साझेदारी गरे।

Sandeep Jhora

५० औं ओभरमा आउट हुनु अघि कमलले २६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। सोहि ओभरमा आउट भएका रासिदले ४४ बलमा ४४ रन बनाउन ५ चौका र १ छक्का प्रहार गरे।

युएईको बलिंगमा अक्षा ताहिर र संचित शर्माले समान ३/३ विकेट लिए। केपी मेयाप्पनले २ र रिशभ मुखर्जीले १ विकेट लिए।

प्रतियोगिताको समुह ‘बि’ बाट बंगलादेश र श्रीलंका तथा समुह ‘ए’ बाट भारत र अफगानिस्तानले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

खेलको फोटोहरु :- 

 

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]