नेपालको लगातार तेश्रो जित

मलेसियामा जारि आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोट अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । यस अघि नेपालले मलेसिया र बहराईनलाई पराजित गरिसकेको छ।

स्कोरकार्ड 

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा पुरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन् । नेपालले सुरुवाती ५ विकेट १६ रनको योगफलमा गुमाएपछि कप्तान रुबिनाले एक किनार सम्हाल्दै जितसम्म पुर्याईन्।

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

तेश्रो जितसंगै नेपालले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। आफ्नो चौंथो खेल नेपालले भोलि कतार तथा पाँचौ खेल बुधबार ( सेप्टेम्बर ६ ) युएई विरुद्ध खेल्नेछ। दुई मध्ये एक खेलको जितले नेपाल सेमीफाइनल पुग्ने पक्का छ भने दुवै खेलमा हार बेहोरेको खण्डमा पनि अन्य टिमको नतिजाको आधारमा सेमीफाइनल पुग्ने सम्भावना रहेको छ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]