टि-२० एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त, सिंगापुर तेश्रो जित पछि अर्को चरणमा

एसीसी टि-२० इस्टर्न प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा सिंगापुरले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हंगकंगलाई १६ रनले पराजित गरेको छ।

सिंगापुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो। हंगकंगको लागि जेम्स एटकिन्सनले सर्वाधिक ५० रन बनाए। सिंगापुर बलर आर्यमान सुनिल, आहान अचार र अनन्था कृष्णले समान २ विकेट लिए।

यस अघि सिंगपुरले २० ओबरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसको लागि टिमोथी डेभिडले सार्वाधिक ५८ रन तथा मंप्रित सिंहले अविजित ४२ रन बनाए। हंगकंग बलर अफताब हुसेनले २ विकेट लिए।

सकियो नेपालको सम्भावना 

तेश्रो जितपछि सिंगापुर टि-२० एसिया कप छनौट प्रतियोगिताको लागि छानिने पहिलो टिम बनेको छ। अब शुक्रबार हुने मलेसिया र हंगकंग बिचको खेलमा विजेता हुने टिमले छनौट हुने दोश्रो टिम थाहा हुनेछ।

सिंगापुरले हंगकंगलाई पराजित गरेसंगै नेपालको नेट रन रेटमा अघि पुग्ने झिनो सम्भावना पनि समाप्त भएको छ। नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्दैछ जुन खेलमा जित हात पारे पनि ४ अंक मात्र हुनेछ। मलेसिया र हंगकंगले यस अघिनै २/२ जित हाँसिल गर्दै ४ अंक बटुलीसकेको हुँदा नेपालको सम्भावना सकिएको हो।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]