टि-२० एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त, सिंगापुर तेश्रो जित पछि अर्को चरणमा

एसीसी टि-२० इस्टर्न प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा सिंगापुरले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हंगकंगलाई १६ रनले पराजित गरेको छ।

सिंगापुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो। हंगकंगको लागि जेम्स एटकिन्सनले सर्वाधिक ५० रन बनाए। सिंगापुर बलर आर्यमान सुनिल, आहान अचार र अनन्था कृष्णले समान २ विकेट लिए।

यस अघि सिंगपुरले २० ओबरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसको लागि टिमोथी डेभिडले सार्वाधिक ५८ रन तथा मंप्रित सिंहले अविजित ४२ रन बनाए। हंगकंग बलर अफताब हुसेनले २ विकेट लिए।

सकियो नेपालको सम्भावना 

तेश्रो जितपछि सिंगापुर टि-२० एसिया कप छनौट प्रतियोगिताको लागि छानिने पहिलो टिम बनेको छ। अब शुक्रबार हुने मलेसिया र हंगकंग बिचको खेलमा विजेता हुने टिमले छनौट हुने दोश्रो टिम थाहा हुनेछ।

सिंगापुरले हंगकंगलाई पराजित गरेसंगै नेपालको नेट रन रेटमा अघि पुग्ने झिनो सम्भावना पनि समाप्त भएको छ। नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्दैछ जुन खेलमा जित हात पारे पनि ४ अंक मात्र हुनेछ। मलेसिया र हंगकंगले यस अघिनै २/२ जित हाँसिल गर्दै ४ अंक बटुलीसकेको हुँदा नेपालको सम्भावना सकिएको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy