प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

२०८० आश्विन १६, मंगलवार १०:२४

Rohit Paudel

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।

हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । भारत सेमीफाइनल प्रवेश गरेको छ।

हेर्नुस स्कोरकार्ड 

मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा भारतीय टिमले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालको योगफल एसोसिएट राष्ट्रले भारत विरुद्ध बनाएको सर्वाधिक योगफल हो।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए जुन क्रममा १५ बलमा ४ छक्का प्रहार गरे। कुशल मल्लले २२ बलमा २ चौका र २ छक्का मद्दतले २९ रन बनाए भने सन्दिप जोराले १२ बलमा १ चौका र ३ छक्का मद्दतले २९ रन बनाए। कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्का मद्दतले २८ रन बनाए। करन केसीले अविजित १८ रन बनाए।

भारतको बलिंगमा आभेश खान र रभी बिश्नोईले ३/३ विकेट लिए। अर्शदिप सिंहले २ तथा साई किशोरले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो।

भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरे । उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन् ।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एकरएक विकेट हात पारे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy