चार देशीय सिरिज : टेस्ट राष्ट्र आयरल्याण्डसंग नेपालको परिक्षा, यस्तो छ बिगतको नतिजा

ओमानमा जारी चार देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेपाल आज अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल अल अमिरात मैदानमा नेपाली समय दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपाल र आयरल्याण्ड तिन वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। पछिल्लो पटक दुई टिम ओमानमा आयोजित पाँच देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा भेट भएका थिए।

जारि सिरिजमा नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग २५ रनले पराजित भएको थियो। अर्कोतर्फ आयरल्याण्डले पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेता पनि दोश्रो खेलमा युएईसंग १३ रनको हार बेहोरेको थियो। दुवै टिम अन्तिम खेलमा जितको साथ फेब्रुअरी १७ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितको लयको साथ अघि बढ्न चाहन्छ।

वरियता : टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताअ नेपाल १२ औं स्थानमा छ भने आयरल्याण्ड १३ औं स्थानमा छ। वरियतामा अगाडी भएता पनि आयरल्याण्ड लामो समय देखि उच्चस्तरीय क्रिकेट र नियमित विश्वकप क्रिकेट जस्ता ठूला प्रतियोगिता खेल्दै आएको छ।

हेड टु हेड : नेपाल र आयरल्याण्ड बीच टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दुई पटक भेट भएको छ जसमा दुवै पटक आयरल्याण्ड विजयी भएको छ। २०१९ अक्टोबरमा आयरल्याण्डले नेपाललाई १३ रनले पराजित गरेको थियो जुन क्रममा आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा समेटिन पुगेको थियो। नेपालको लागि आरिफ शेखले सर्वाधिक २६ रन बनाएका भने बलिंगमा सन्दिप लामिछाने र अविनाश बोहराले समान दुई विकेट लिएका थिए। आयरल्याण्डको लागि पल स्टरलिंगले ५९ तथा मार्क अडेर र जर्ज डकरेलले समान तिन विकेट लिएका थिए। २०१५ को टि-२० विश्वकप छनोटमा त्यसअघि भेट हुँदा नेपाल ५३ रनमा समेटीएपछि आयरल्याण्डले ८ विकेटले खेल जितेको थियो। केभिन ओ ब्रायन र स्टुवार्ट थंपसनले समान तन विकेट लिएका थिए।

नेपाली टिममा हुन सक्ने परिवर्तन : पछिल्लो दुई खेलमा अन्तिम-११ मा निकै प्रयोगहरु गरेको नेपाली टिमले आज कम प्रयोग गर्नेछ र उत्कृस्ट टिम खेलाउने छ। पछिल्लो दुई खेलमा नखेलेका ओपनर कुशल भुर्तेल र फास्ट बलिंग अलराउण्डर करन केसी आज टिममा हुने सम्भावना उच्च छ। आज पहिलो पटक कुशल र आसिफले ओपनिंग गर्न सक्नेछन्। कमल सिंह ऐरीले आज आराम पाउन सक्नेछन्। करन, जितेन्द्र र अविनाशले फास्ट बलिंग सम्हाल्नेछन्। सागर ढकाल र शाहब आलमको प्रदर्शन राम्रो नरहेता पनि नेपाललाई प्रतियोगितामा एउटा देब्रे हाते स्पिनर आवस्यक हुने हुँदा दुई मध्ये एक स्पिनरले निरन्तरता पाउन सक्नेछन्। अथवा आज कुशल मल्ललाई मौका दिएर देब्रे हाते स्पिनरको पूर्ति टिमले गर्न सक्छ। त्यसकारण आज नेपालको मध्यक्रम ब्याट्सम्यानहरु आरिफ शेख, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर जस्ता ब्याट्सम्यानले आराम पाउन सक्नेछन्। लोकेश बमले डेब्यु खेलमा राम्रो प्रदर्शन गर्दा उनले निरन्तरता पाउनेछन् भने अन्तिम-११ मा भए पनि मौका नपाएका यादवलाई पनि टेस्ट गराउन टिम चाहनेछ।

कस्तो छ आयरल्याण्ड :
 आयरल्याण्डको माथिल्लो क्रमको ब्याटिंग निकै मजबुत छ। ओपनर पल स्टरलिंग र एन्डी बालबर्नी तथा तेश्रो र चौंथो नम्बरका गेरेथ डेलानि र कर्टिस क्याम्फर जस्ता ब्याट्सम्यान लयमा छन्। आयरल्याण्डले पावरप्लेमा आक्रामक ब्याटिंग गर्ने हुँदा नेपाली बलरहरु साबधान हुनु पर्नेछ भने विकेट पाउने अवसर पनि पावरप्लेमा बढी रहन्छ। नेपालले यदी सुरुवाती ओभरमा यी ब्याट्सम्यानको विकेट लिन सके खेलमा दबाब बनाउन सक्नेछ। बलिंगमा फास्ट बलर क्रेग योंग र मार्क अडेर अफ तथा स्पिनर सिमि सिंह लयमा छन्। माथिल्लो क्रमका नेपाली ब्याट्सम्यानले कम विकेट दिएको खण्डमा नेपालले खेलमा दबाब बनाउन सक्नेछ।

नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख ( विकेटकिपर ), कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल

आयरल्याण्ड टिम : एन्डी बालबर्नी ( कप्तान ) , पल स्टरलिंग, शेन गेटकेट, जर्ज डकरेल, ब्यारी म्यकार्थी, क्रेग योंग, एन्डी म्याकब्रायन, मार्क अडेर, कर्टिस क्याम्फर, लोर्कन टकर ( विकेटकिपर ), बेन व्हाइट, जोश लिटल, ह्यारी टेक्टर, सिमि सिंह, गरेथ डेलानि, निल रक





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]