महिला विश्वकप छनोट : तिन खेलाडी पहिलो पटक राष्ट्रिय टिममा

२०८० श्रावण २६, शुक्रबार १६:२८

अगस्ट ३१ तारिख देखि मलेसियामा सुरु हुने आईसीसी महिला विश्वकप टि-२० एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

रुबिना क्षेत्री कप्तानीको टिममा खुसि डंगोल, रुवी पोदार र पुजा महतोले पहिलो पटक स्थान बनाउन सफल भएका छन्।

बागमती प्रदेशकि खुसि डंगोल लेग स्पिनर हुन् भने सुदुरपश्चिम प्रदेशकि रुवी पोदार विकेटकिपर ब्याटर हुन्। हालसम्म नेपालको घरेलु क्रिकेट नखेलेकी पुजा महतो तिग्र गति बलर हुन्।

विकेटकिपर ब्याटर ज्योति पाण्डे, देब्रे हाते स्पिनर कृतिका मरासिनी, तिब्र गति बलर सरस्वति चौधरीले टिममा स्थान पाउन सकेनन्। यस्तै बन्द प्रशिक्षणमा रहेका नेरी थापा, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृस्टि जैसी र स्नेहा मेहरा पनि छनोट हुन सकेनन्।

प्रतियोगितामा सहभाती ११ टिमलाई दुई समुहमा बिभाजन गरिएको छ जसअन्तर्गत समुह ‘ए/ मा नेपाल सहित बहराइन, भुटान, मलेसिया, कतार र युएई छन्। समुह ‘बि’ मा चिन, हंगकंग, क्वेट, म्यानमार र थाइल्याण्ड छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्ने छन्। फाइनल पुग्ने दुई टिमले ग्लोबल छनोट २०२४ खेल्नेछ।

नेपाली टिम :

रुबिना क्षेत्री ( कप्तान )
सिता राना मगर
इन्दु बर्मा
बिन्दु रावल
कविता कुँवर
कविता जोशी
पुजा महतो
सम्झना खड्का
इश्वरी बिस्ट
काजोल श्रेष्ठ
रुबी पोदार
अप्सरी बेगम
अस्मिना कर्माचार्य
खुसि डंगोल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy