महिला विश्वकप छनोट : तिन खेलाडी पहिलो पटक राष्ट्रिय टिममा

अगस्ट ३१ तारिख देखि मलेसियामा सुरु हुने आईसीसी महिला विश्वकप टि-२० एसिया छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

रुबिना क्षेत्री कप्तानीको टिममा खुसि डंगोल, रुवी पोदार र पुजा महतोले पहिलो पटक स्थान बनाउन सफल भएका छन्।

बागमती प्रदेशकि खुसि डंगोल लेग स्पिनर हुन् भने सुदुरपश्चिम प्रदेशकि रुवी पोदार विकेटकिपर ब्याटर हुन्। हालसम्म नेपालको घरेलु क्रिकेट नखेलेकी पुजा महतो तिग्र गति बलर हुन्।

विकेटकिपर ब्याटर ज्योति पाण्डे, देब्रे हाते स्पिनर कृतिका मरासिनी, तिब्र गति बलर सरस्वति चौधरीले टिममा स्थान पाउन सकेनन्। यस्तै बन्द प्रशिक्षणमा रहेका नेरी थापा, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृस्टि जैसी र स्नेहा मेहरा पनि छनोट हुन सकेनन्।

प्रतियोगितामा सहभाती ११ टिमलाई दुई समुहमा बिभाजन गरिएको छ जसअन्तर्गत समुह ‘ए/ मा नेपाल सहित बहराइन, भुटान, मलेसिया, कतार र युएई छन्। समुह ‘बि’ मा चिन, हंगकंग, क्वेट, म्यानमार र थाइल्याण्ड छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्ने छन्। फाइनल पुग्ने दुई टिमले ग्लोबल छनोट २०२४ खेल्नेछ।

नेपाली टिम :

रुबिना क्षेत्री ( कप्तान )
सिता राना मगर
इन्दु बर्मा
बिन्दु रावल
कविता कुँवर
कविता जोशी
पुजा महतो
सम्झना खड्का
इश्वरी बिस्ट
काजोल श्रेष्ठ
रुबी पोदार
अप्सरी बेगम
अस्मिना कर्माचार्य
खुसि डंगोल





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]